१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रभावशाली नेताहरूमाथि आक्रमण भयो, चुप लागेर बस्दैनौं: तरूण दल

२० भाद्र २०८०, बुधबार १२:१८

भदौ २०, काठमाडौँ | नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल तरूण दलले पार्टीका प्रभावशाली नेताहरूमाथि आक्रमण भइरहेकोले चुप लागेर नबस्ने बताएको छ।

तरूण दलका पूर्वअध्यक्षसमेत रहेका कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार दिउँसो भृकुटीमण्डपमा खुकुरी प्रहार भएको थियो।

तरूण दल अध्यक्ष विद्वान गुरूङले विज्ञप्ति निकालेर ‘यादवमाथि दिउँसै गुण्डागर्दी शैलीमा खुकुरी प्रहार भएको’ उल्लेख गरेका छन्। उनले यस घटनाको 'घोर भर्त्सना र निन्दा' गरेका छन्।

उनले प्रहरी प्रशासन मुकदर्शक बनेको पनि बताए। ‘नेपालको प्रहरी प्रशासन मुकदर्शक बनेको छ, यो विषय सामान्य होइन,’ उनले भनेका छन्, ‘दोषी नै नभएको व्यक्ति पक्राउ गर्न अघि सर्ने प्रहरी दिउँसै हातहतियारसहित हिँडडुल गर्ने व्यक्ति चिन्न सक्दैन।’

उनले घटनाको गहिरो छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्।

‘अब तरूण दल चुप लागेर सहेर बस्न सक्दैन,’ उनले भने, ‘हरेक घटनामा कांग्रेसका प्रभावशाली नेताहरूलाई आक्रमण गर्ने यो मनस्थितिको विषयमा तरूण दल प्रधानमन्त्री र गृहमन्त्रीलाई गम्भीर ध्यानाकर्षण गराउँछ।’

सहमहामन्त्री यादवमाथि नुवाकोट घर भएका श्यामबाबु सापकोटाले खुकुरी प्रहार गरेका थिए। उनलाई प्रहरीले पक्राउ गरिसकेको छ। यादवको भने ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन