१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

‘खुकुरी हानेर कांग्रेस सिध्याउँछु भन्नु र टाउको ठोक्काएर पर्वत भत्काउँछु भन्नु एउटै हो’

२१ भाद्र २०८०, बिहीबार ०९:१६

भदौ २१, काठमाडौँ | नेपाली कांग्रेसका नेता रमेश लेखकले नेपाली कांग्रेस खुकुरी प्रहारबाट नमर्ने र नसकिने बताएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेता लेखकले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधवार भएको आक्रमणको भर्त्सना गर्दै लेखकले यस्तो बताएका हुन् । 

‘कुनै मानिसले खुकुरी हानेर कांग्रेस सिध्याउँछु भन्नु र टाउको ठोक्काएर पर्वत भत्काउँछु भन्नु एउटै हो’, लेखकले भने, ‘खुकुरी प्रहार गरेर नेपाली कांग्रेस सकिन्छ र मर्छ भनेर यदि कसैलाई लागेको छ र भ्रम छ भने अहिलेबाटै त्यो भ्रम निकाले हुन्छ । खुकुरी प्रहारबाट कांग्रेस मर्दैन, सकिँदैन ।’

उनले लोकतन्त्रको पक्षमा अविचलित ढङ्गले उभिएको पर्वत भएको पनि लेखको भनाइ छ । उनले राणा, पञ्चायत र राजाले टाउको जुधाउँदा उनीहरूकै टाउको फुटेको भन्दै कांग्रेस, एमाले र माओवादीलगायतका सङ्घीयता पक्षधर दलहरू पुराना हुन् निकास दिन सक्दैनन् भनेर कृत्रिम भाष्य तयार गर्नेहरूको सपना पुरा नहुने बताए । 

श्यामबहादुर सापकोटाको हातमा भएको खुकुरी कसैले पुर्‍याएको भन्दै खुकुरीको लक्ष्य यादव मात्रै हो कि त्यो भन्दा माथि को छ र त्यो प्रवृत्ति को हो भन्दै उनले प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन