१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

चिनियाँ राजदूतलाई तत्काल फिर्ता पठाउन जनमतको माग

२१ भाद्र २०८०, बिहीबार १०:३२

भदौ २१, काठमाडौँ | जनमत पार्टीका उपाध्यक्ष समेत रहेका सांसद अब्दुल खानले नेपाल र भारतको सम्बन्धमा बोल्ने अधिकार चिनियाँ राजदूतलाई नभएको बताएका छन् । साथै उनले चिनियाँ राजदूतसँग स्पष्टीकरण लिन र फिर्ता पठाउन भनेका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले भने, ‘नेपाल र भारतको सम्बन्धमा विषवमन गर्ने, वैमनष्यता लगाउने गर्न खोजिएको छ । यो घोर निन्दनीय छ’ उनले भने, ‘यदि नेपाल स्वतन्त्र राष्ट्र हो भने उक्त राजदूतलाई तुरुन्त परराष्ट्र मन्त्रालयले स्पष्टीकरण लिनुपर्छ र तत्काल नेपालबाट फिर्ता पठाउनुपर्छ भन्ने जोडदार माग गर्दछु ।’

उनले एउटा देशको राजदूतले हजारौँ वर्षदेखि नेपाल– भारत  सम्बन्ध खलबल्याउने प्रयास स्वतन्त्र मुलुकका लागि सह्य हुन नसक्ने बताए । सांसद खानले राजविराज अस्पतालमा सिण्डिकेट खडा गर्ने अविलम्ब कारबाही वा सरुवा गर्न माग गरे । उनले यसबारे पटक पटक ध्यानाकर्षण गराएको भन्दै अब यसपट पनि नसुनिए संसदमै अनसन र धर्ना बस्ने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन