भदौ २२, विराटनगर | "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २२, विराटनगर | "/>
२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

हिक्मत कार्कीले मुख्यमन्त्रीको शपथ लिँदै, पहिलो चरणमा को-को बन्दैछन् मन्त्री ?

२०८०, २२ भाद्र शुक्रबार ०८:१९

भदौ २२, विराटनगर | कोशी प्रदेशमा आज हिक्मत कार्की मुख्यमन्त्री नियुक्त हुँदैछन् ।

सर्वोच्च अदातलले प्रदेशसभाको सबैभन्दा ठूलो दलका नेताको हैसियतमा हिक्मत कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेअनुसार प्रदेश प्रमुखको कार्यालयले शपथको तयारी गरेको हो ।


मुख्यमन्त्रीको शपथ ग्रहणसँगै आजै २ जना मन्त्री नियुक्त गर्ने तयारी भएको छ । एमाले स्रोतका अनुसार आज तीलकुमार मेन्याङ्वो र एकराज कार्कीलाई मन्त्री बनाउने तयारी भएको छ । मेन्याङ्बो कार्की नेतृत्वको सरकारमा समेत मन्त्री थिए ।

सर्वोच्चको पत्र भर्खरै प्राप्त भएको र कार्कीलाई नियुक्ति गर्ने तयारी भइरहेको प्रदेश प्रमुखको कार्यालय स्रोतले बतायो । सर्वोच्च अदालतले बिहिबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक ठहर गर्दै पदमुक्त गरी प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको थियो ।

न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम कार्कीलाई ४८ घण्टाभित्र कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु