१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्रीलाई तरुण दलका अध्यक्षको चेतावनी- कि गृहमन्त्रीलाई हटाउनुस् कि आफैं हट्नुस्

२२ भाद्र २०८०, शुक्रबार ०९:५८

भदौ २२, काठमाडौँ | नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई तुरुन्तै बर्खास्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन् । गृहमन्त्री नहटाउने भए आफैं हट्न उनको चेतावनी छ ।

कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणका विरुद्ध आयोजित प्रदर्शनपछि सम्वोधन गर्दै गुरुङ आफ्नै पार्टीसमेत सहभागी माओवादी नेतृत्वको सरकारमाथि खनिएका थिए । कांग्रेसको काँधमा बन्दुक राखेर माओवादीले अर्कै व्यवस्था ल्याउन खोजेको आशंका प्रकट गर्दै उनले यो सरकारलाई अब बोकेर हिँड्न नसक्ने बताए ।

यादवमाथिको आक्रमणमा उनले सिधै गृहमन्त्रीमाथि प्रश्न उठाए ।

उनले भने:

हाम्रो नेतामाथि दिनदहाडै खुकुरी प्रहार भएको छ, उहाँको हत्या गर्ने प्रयास भएको छ, म गृहमन्त्रीज्यूलाई भन्न चाहन्छु, उहाँसँग मेरो व्यक्तिगत रिसइवी छैन, तर घटनाक्रमले के देखाउँछ भने हत्याराले दायाँबायाँ प्रहरीको सेक्युरिटीमा बसेर मिडियालाई अन्तरवर्ता दिने वातावरण कसले बनायो ? यो आक्रमणको पछाडि अहिलेको सरकार र गृह मन्त्रालयको कुनै न कुनै योजना छ भन्ने हामीलाई शंका लागेको छ ।

अहिलेको गृहमन्त्रीमाथि हामीलाई विश्वास छैन । हाम्रो पार्टीका साथी र सुरक्षाकर्मीको काँधमाथि बन्दुक राखी पड्काउने काम माओवादीले गरेको छ । म सुरक्षा निकायलाई पनि चेतावनी दिन चाहन्छु, यदि गृहमन्त्रीको आदेशमा प्रयोग हुनुभयो भने तपाईंहरुको पनि खबरदारी हामीले गर्नेछौं ।

अब हामी यो सरकारलाई बोकेर अघि बढ्न सक्दैनौं । विशेष अवस्थामा माओवादीलाई सरकारको नेतृत्व दिएका थियौं । तर, माओवादी अहिले खाओवादी भएका छन् । राजावादी र माओवादी एउटै हुन् कि भन्ने हामीलाई लागिरहेको छ । अब हामीमाथि हमला भएको टुलुटुलु हेर्न सक्दैन । देशैभरिका विद्यार्थी साथीहरुलाई यो संविधान र व्यवस्थाको सुरक्ष ागर्न अर्को आन्दोलनका निम्ति तयार रहन आह्वान गर्छु । जबसम्म गृहमन्त्रीले राजीनामा दिनुहुन्न तबसम्म आन्दोलन जारी रहन्छ ।

पुष्पकमल दाहालज्यू, तपाईंसँग दुई विकल्प छ । तुरुन्त गृहमन्त्रीलाई बर्खास्त गर्नुस, या तपाईं नै हट्नुस ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन