१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

देउवालक्षित गगनको टिप्पणी- टिकट बाँड्ने अधिकार दाइलाई दिए दाइले टिकट भाउजूलाई दिन्छन्

२२ भाद्र २०८०, शुक्रबार १०:११

भदौ २२, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १५ ‍औँ महाधिवेशनबाट पार्टीमा रहेको ‘दाइ-भाउजू’ प्रवृत्ति अन्त्य गर्ने बताएका छन्। सिन्धुपाल्चोकको बाह्रबिसेमा शुक्रबार भएको नेपाल महिला संघको तिज कार्यक्रममा उनले यस्तो बताएका हुन्।

उनले सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै आगामी महाधिवेशनबाट ‘टिकट बाँड्ने अधिकार दाइलाई नदिने’ बताए। दाइलाई टिकट बाँड्ने अधिकार दिँदा दाइले भाउजूलाई दिने‍ भन्दै उनले विकृति बढेको बताए।

उनले भने, ‘टिकट बाँड्ने अधिकार दाइलाई दिनुभयो भने दाइले टिकट भाउजूलाई दिन्छन्। सबै अधिकार दाइलाई दिएपछि भाउजुलाई दियो भनेर विरोध हुन्छ। दाइलाई टिकट बाँड्ने अधिकार नै नदिने पहल हामीले गर्नुपर्छ। दाइवाला यो परिपाटी हामीले १५ औँ महाधिवेशनबाट बदल्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन