१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कोशी प्रदेशमा ३ मन्त्री र एक राज्यमन्त्री नियुक्ति

२२ भाद्र २०८०, शुक्रबार १२:३१

भदौ २२, कोशी | कोशी प्रदेशमा ३ मन्त्री र १ राज्यमन्त्री सहित आजै मन्त्री परिषद विस्तार हुने भएको छ ।

सर्वोच्च अदालतले संविधानको धारा १६८(३) अन्तर्गत हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएसङै आजै मन्त्रीपरिष विस्तारको तयारी भएको हो ।

दिउँसो सम्ममा २ जना मन्त्री नियुक्त गर्ने तयारी भएपनि भूगोल र जात जाती समेत मिलाउनु पर्ने दवाब आएपछि मुख्यमन्त्री हिक्मत कार्कीले थप १ मन्त्री र राज्यमन्त्री नियुक्ति गरि मन्त्री परिषद विस्तारको तयारी गरेका हुन ।

मुख्यमन्त्री कार्कीले तिलकुमार मेन्याङ्वो, एकराज कार्की पाँचकर्ण राईलाई मन्त्री नियुक्ति गरेका हुन ।

मेन्याङ्वो ताप्लेजुङ, कार्की झापा र राई खोटाङ्बाट विजयी भएका हुन ।

एमाले स्रोतका अनुसार कार्कीले मुख्यमन्त्रीमा शपथ लिएसँगै ताप्लेजुङका सांसद तिलकुमार मेन्याङ्बो खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री हुने भएका छन् । मेन्याङ्बोले यसअघि कार्की नेतृत्वमै यही मन्त्रालय सम्हालेका थिए ।

त्यस्तै खोटाङबाट निर्वाचन सांसद पाँचकर्ण राईले पर्यटन, वन तथा वातावरणमन्त्री र झापाबाट निर्वाचित सांसद एकराज कार्कीले भौतिक पूर्वाधार विकासमन्त्रीको शपथ लिने भएका छन् । त्यस्तै, भोजपुरबाट समानुपातिक सांसद सृजना राई सामाजिक विकाश राज्यमन्त्री हुने भएकी छन् । अहिले सपथ ग्रहणको तयारी भइरहेको छ ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन