१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

समाजवाद कार्यान्वयनबाट वर्ग सङ्घर्ष अन्त हुन्छ : माधवकुमार नेपाल

२३ भाद्र २०८०, शनिबार १०:२६

भदौ २३, काठमाडौँ | नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सामाजिकरूपमा विद्यमान वर्गीय सङ्घर्षको न्यूनीकरणका लागि आफ्नो पार्टी समाजवादको बाटोमा रहेको बताएका छन् ।  पार्टी निकट एकीकृत ट्रेड युनियन महासङ्घद्वारा आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले जनताको आर्थिक विकासका लागि वर्गीय विभेदको अन्त्य गरी समानता, सामाजिक न्याय कायम गर्न समाजवाद मार्गदर्शक रहेको बताए । समाजवाद कार्यान्वयबाट नै वर्गसङ्घर्ष अन्तय हुने उनको भनाइ थियो । 

अध्यक्ष नेपालले समाजवादको आवश्यकताबारे राष्ट्रव्यापीरूपमा जनतालाई जानकारी गराउन आगामी असोज १४ देखि २९ गतेसम्ममा पार्टीले मेची–महाकाली अभियान गर्न लागेको जानकारी दिए । जनताको सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गरेर मुलुकलाई अग्रगमनतर्फ लैजान तत्कालीन एमालेसँग विद्रोह गरेको औचित्य पुष्टि भएको बताउँदै उनले पार्टी स्थापनाको छोटो समयमै देशभर सङ्गठन विस्तार तथा राजनीतिक गतिविधि भइरहेको जानकारी दिए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सामाजिक रुपान्तरणका लागि समाजवादी अर्थ व्यवस्था कार्यान्वयनमा पार्टीले लिएका नीतिगत दृष्टिकोण ठीक रहेको बताउँदै कम्युनिष्ट पार्टीको मूलधारको नेतृत्व आफ्नो पार्टीले गर्ने उल्लेख गरे ।

“नेतृत्व सही बाटोमा अघि बढ्न सके पार्टीभित्र लोकतान्त्रिक मूल्य, मान्यता स्थापित भई जनताको सामाजिक रुपान्तरण, देश विकासको चाहना पूरा हुने र समृद्धितर्फ पुग्न सकिन्छ”, उनले भने । पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक रणनीति, देशभर सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्ने प्रतिबद्धता अध्यक्ष नेपालले व्यक्त गरे ।

महासङ्घका अध्यक्ष विष्णु लम्सालले समाजवादमा श्रमिक वर्गका हकहित, अधिकार सुरक्षित गर्न सकिने बताए । कार्यक्रममा ६० जना पार्टी प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन