१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मेयर हर्क साम्पाङलाई प्रश्न गरेकै आधारमा धरानका युवा अशोक लिम्बू पक्राउ

२३ भाद्र २०८०, शनिबार ११:०८

भदौ २३, विराटनगर | धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक युवकलाई आफूमाथि प्रश्न गरेकै कारण प्रहरी थुनामा पुर्‍याएका छन्।

थुनेका विषयमा साम्पाङले सामाजिक सञ्जालमा बदमासलाई प्रहरीलाई जिम्मा लगाएको लेखेका छन् । उनले स्वतन्त्रताको नाममा अराजकता फैलाउने कसैलाई नछाड्ने बताए । 

शुक्रबार धरान–१५ मा लागूऔषध सचेतना गरिरहेका मेयर साम्पाङलाई डेंगीलेले मान्छे मरिरहेको अवस्थामा तपाईँ बाटोमा अर्कै कार्यक्रम गर्ने भनेर प्रश्न सोधेपछि अशोक लिम्बु पक्राउ परेका हुन्। 

लिम्बु विरुद्ध उजुरी भने कसैले दिएको छैन। मेयर साम्पाङको ठाडो निर्देशनमा नगर प्रहरीले लिम्बुलाई पक्राउ गरेर बुइलाका प्रहरी कार्यालय पुर्‍याएका थिए।  लिम्बुलाई अहिले इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएको छ।

धरानका डिएसपी नवराज मल्लले लिम्बूलाई ‘मौखिक उजुरीका आधारमा राखिएको’ बताए।

डिएसपी नवराज मल्लले भने, ‘हामीले पक्राउ गरेको होइन। नगर प्रहरीले ल्याएर जिम्मा लगाएको हो। उहाँ अहिले हामीसँग हुनुहुन्छ।’

प्रहरी युवा संघले धरानमा गर्ने कार्यक्रममा व्यस्त भएको, आज सार्वजनिक बिदा भएको र उसबारे जिल्ला सुरक्षा समितिका पदाधिकारी जानकार रहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन