२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मेयर हर्क साम्पाङलाई प्रश्न गरेकै आधारमा धरानका युवा अशोक लिम्बू पक्राउ

२०८०, २३ भाद्र शनिबार ११:०८

भदौ २३, विराटनगर | धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक युवकलाई आफूमाथि प्रश्न गरेकै कारण प्रहरी थुनामा पुर्‍याएका छन्।

थुनेका विषयमा साम्पाङले सामाजिक सञ्जालमा बदमासलाई प्रहरीलाई जिम्मा लगाएको लेखेका छन् । उनले स्वतन्त्रताको नाममा अराजकता फैलाउने कसैलाई नछाड्ने बताए । 

शुक्रबार धरान–१५ मा लागूऔषध सचेतना गरिरहेका मेयर साम्पाङलाई डेंगीलेले मान्छे मरिरहेको अवस्थामा तपाईँ बाटोमा अर्कै कार्यक्रम गर्ने भनेर प्रश्न सोधेपछि अशोक लिम्बु पक्राउ परेका हुन्। 

लिम्बु विरुद्ध उजुरी भने कसैले दिएको छैन। मेयर साम्पाङको ठाडो निर्देशनमा नगर प्रहरीले लिम्बुलाई पक्राउ गरेर बुइलाका प्रहरी कार्यालय पुर्‍याएका थिए।  लिम्बुलाई अहिले इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएको छ।

धरानका डिएसपी नवराज मल्लले लिम्बूलाई ‘मौखिक उजुरीका आधारमा राखिएको’ बताए।

डिएसपी नवराज मल्लले भने, ‘हामीले पक्राउ गरेको होइन। नगर प्रहरीले ल्याएर जिम्मा लगाएको हो। उहाँ अहिले हामीसँग हुनुहुन्छ।’

प्रहरी युवा संघले धरानमा गर्ने कार्यक्रममा व्यस्त भएको, आज सार्वजनिक बिदा भएको र उसबारे जिल्ला सुरक्षा समितिका पदाधिकारी जानकार रहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु