१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

चुच्चे नक्सामा समर्थन जनाउन चीनलाई महासचिव पोखरेलको आग्रह

२५ भाद्र २०८०, सोमबार ०७:५४

भदौ २५, काठमाडौँ | नेकपा एमालेका महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियनचाओबीच भेटवार्ता भएको छ । सोमबार बेइजिङमा महासचिव पोखरेल र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता भएको हो ।

भेटमा पोखरेलले संसदबाट पछिल्लो समयमा जारी नेपालको चुच्चे नक्सामा चीनको साथ खोजेका छन् ।

‘१८१६ मा भएको सुगौधी सन्धीले निर्धारण गरेअनुसार नेपालको नक्सा संसदबाट पास गरेर औपचारिक रूपमा जारी गरेका छौं । त्यसले गर्दा हामीले दबाब र अप्ठ्याराहरुको पनि सामना गर्नु परेको छ । हामीले जारी गरेको नक्साको सन्दर्भमा हामी सोही अनुसार चीनको पनि साथ चाहन्छौं । चीन सरकार र चिनियाँ कम्युनिष्ट पार्टीको साथ चाहन्छौं ‘, पोखरेलले भने ।


एक चीनको पक्षमा दृढ रहेको भन्दै महासचिव पोखरेलले नेपालको भूमिबाट चीनविरोधी गतिविधि गर्ने कामलाई अस्वीकार गर्ने प्रष्ट्याए । आफ्नो पार्टी असंग्लन परराष्ट्र नीति र पञ्चशीलको आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्यलाई कायम राख्न चाहेको पनि पोखरेलले बताए ।

उनले एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउन मिसन ग्रासरुट अभियान चलाइएको भन्दै यसले नयाँ सञ्चार र उत्साह प्रदान गरेको बताए । २०८४ सालको आमनिर्वाचनबाट बहुमतका साथ स्थायी सरकार बनाउने र जनताको विकास र समृद्धिको सपना पूरा गर्ने लक्ष्य पनि महासचिव पोखरेलले सुनाए ।

सीपीसी विदेश विभाग प्रमुख लिउ जियनचाओले नेकपा (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टीबीचको एकता घनिष्ठ र समुधुर रहेको भन्दै अझ नयाँ उचाइमा लैजान चाहेको बताए । उनले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणताका केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला भएका सहमति, सम्झौता कार्यान्वयनमा जोड दिँदै आफूहरूबाट अधिकतम प्रयास हुने प्रतिबद्धता जनाए ।

‘नेपाल र चीनको घनिष्ठ सम्बन्ध छ । नेपाल चीनको राम्रो मित्रशक्ति हो । राज्यस्तरमा रहेका हाम्रो घनिष्ठ सम्बन्धलाई जनस्तरमा बलियो बनाउन एमाले र सीपीसीको सम्बन्धलाई अझ बलियो बनाउनु पर्छ ।

चीन सधैँभरी शान्ति, विकास र समृद्धिको पक्षमा रहँदै आएको छ । भविष्यमा पनि तपाईँहरूले यसतर्फ चाल्ने पाइलामा सधैँ साथ र सहयोग रहनेछ’, लिउले भने ।

महासचिव पोखरेल नेतृत्वको एमाले टोली केही समयदेखि चीन भ्रमणमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन