१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अमेरिका भ्रमण टोलीको संख्या घटाउन प्रधानमन्त्रीको निर्देशन, आधाले घट्यो टोलीको संख्या

२५ भाद्र २०८०, सोमबार ०८:५१

भदौ २५, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आफूसँगै संयुक्त राज्य अमेरिका जाने भ्रमण टोलीको संख्या घटाउन निर्देशन दिएका छन्।

उनले प्रधानमन्त्री कार्यालयबाट अमेरिका भ्रमणका लागि जान भनेर यसअघि निर्णय गरिएका २४ जनाको संख्या घटाएर ५ सदस्यीयमात्रै बनाउन मुख्यसचिव बैकुण्ठ अर्याललाई निर्देशन दिएका छन्। यद्यपि परराष्ट्रमन्त्री एनपी साउद नेतृत्वको ७ सदस्यीय एउटा टोली भने भोलि अमेरिका प्रस्थान गर्दैछ।


प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको नेतृत्वमा जाने दुवै टोलीमा गरेर अब १२ जना मात्र अमेरिका प्रस्थान गर्ने छन् । परराष्ट्रमन्त्रीको टोलीमा परराष्ट्रसचिव, शिष्टाचार महापाल, राष्ट्रसंघ हेर्ने सहसचिवलगायत रहनुहुनेछ । प्रधानमन्त्रीले अहिले देशको आर्थिक अवस्था पनि खासै नभएको र यस्तो बेला ठूलो समूह लगेर जानुको कुनै अर्थ नभएको भन्दै भोलि मंगलबारको मन्त्रिपरिषद् बैठकमा मुख्यसचिवलाई संख्या कटौतीको प्रस्ताव ल्याउन निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्रीसँग अब एक जना स्वकीय सचिव, एक जना फोटोग्राफर र दुई जना सुरक्षाकर्मीमात्रै हुने छन्। स्वकीय सचिवबाट पनि को जाने भनेर अहिलेसम्म टुंगो नलागिसकेको र सम्भवतः गंगा दाहाल नै जाने प्रधानमन्त्री कार्यालय स्रोतले बतायो। गंगा प्रधानमन्त्री प्रचण्डकी छोरी पनि हुन्।

प्रधानमन्त्रीको नेतृत्वमा संयुक्त राष्ट्रसंघको महासभामा जाने यो सबैभन्दा सानो टिम हुनेछ। यसअघि प्रधानमन्त्री कार्यालयको कोटाबाट २४ जनालाई अमेरिका पठाउने निर्णय भएको थियो। 

प्रधानमन्त्री प्रचण्डले असोज ४ गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रसंघको महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड असोज ५ गते न्युयोर्कबाट सिधै चीन प्रस्थान गर्नेछन् ।

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण असोज ६ गतेदेखि सुरु हुनेछ । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड सुरुमा चीनको हन्जाउमा हुन लागेको १९औँ एसियन खेलको उद्घाटन समारोहमा सहभागी हुनेछन् ।

एसियन खेल समारोहमा सहभागी भएपछि प्रधानमन्त्री बेइजिङ जानेछन् । बेइजिङमा उनले चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता र चिनियाँ राष्ट्रपतिसँग असोज ८ गते शिष्टाचार भेटवार्ता गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन