२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मंसिर ११ गतेदेखि देशव्यापी आन्दोलन गर्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईको घोषणा

२०८०, २६ भाद्र मंगलवार ०९:५४

भदौ २६, काठमाडौँ | मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले मंसिर ११ गतेदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन् । प्रसाईले काठमाडौंमा पत्रकार सम्मेलन गरेर हिन्दुराज्य, राजसंस्था, भ्रष्टाचारविरुद्ध, विदेशीएको सम्पति फिर्ता ल्याउने गरी र अहिलेको सत्ताको विरुद आन्दोलन गर्ने घोषणा गरेका हुन् ।


प्रसाईले नेपालबाट कसरी सम्पति बाहिरिएको छ भन्ने प्रमाण आफुसँग भएको र असोजमा उक्त विषय सार्वजनिक गर्ने समेत पत्रकार सम्मेलनमा जानकारी गराए । देशमा आर्थिक मन्दीका कारण व्यवसायी सकिँदै गएको, केही सिमित व्यापारीका कारण व्यापार डुबेर स्यंम व्यापारी नै पलायन भइरहेको र सरकारले यो विषयमा गम्भीर नभएको उनको आरोप छ । ‘नेपालमा राजनीतिकका कारण मनपरी भयो । यहाँ केही मरावाडीले राजनीतिक संरक्षणमा व्यापारमा कब्जा गरे । यो बोल्ने कोही भएन । देशको अवस्थाका बारेमा १० वर्षदेखि एक्लै आवाज उठाउँर्दै आएको छु ।’ उनले भने, ‘मैले उठाएको आवाज अहिलेका राजनीतिक पार्टीले पनि स्वीकारे बहस गर्न थालेका छन् । यो मेरो र देशका लागि ठुलो उपलब्धी पनि हो । जनताले मेरो भनााइलाई र मागलाई अत्मासाग गर्न थालेका छन् । जसका कारण अब परिवर्तनको आन्दोलन हुँदै छ ।’

मैले घोषणा गरेको आन्दोलन देश र जनताका लागि मात्र भएको उनको भनाइ छ। आफनो आन्दोलनमा देशभरबाट बैंक पीडित, व्यापारी पीडित, राज्य र नीजि क्षेत्रबाट हेपिएका जनता सहभागि हुने उनको दाबी छ । अब हुने आन्दोलन विकास, परिवर्तन, शिक्षा, स्वास्थ्य र अन्य महत्वपुर्ण विषयमा हुने उनले पत्रकार सम्मेलनमा जानकारी गराए ।

यस्तै, प्रसाईले लघुृवित्त र सहकारीको २० लाखसम्म ऋण मिनाहाका लागि पनि सरकारसँग माग गरेका छन् । हाल लघुवित्त र सहकारीबाट पीडितलाई २० लाखसम्म ऋण मिनाहा गर्दा उनीहरुको समस्याा समाधान हुने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु