१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने, देशभर शोक बिदा हुने

२६ भाद्र २०८०, मंगलवार ११:४३

भदौ २६, काठमाडौँ | नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने भएको छ ।

विदेशमा रहेका नेम्वाङका छोरा बुधबार अपरान्हमात्रै नेपाल आईपुग्ने भएकाले उनको अन्त्येष्टि बिहीबारमात्रै हुने भएको हो ।


हृदयघातका कारण आज (मंगलबार) नेम्वाङको निधन भएको थियो । नेम्वाङ दुई छोरा र दुई छोरी रहेका छन् । दुवै छोराहरु विदेशमा छन् ।

सरकारले नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गर्दै अन्त्येष्टिका दिन शोक बिदा दिने निर्णय गरेको छ । जसअनुसार पर्सि बिहीबार नै देशभर शोक बिदा हुनेछ ।

नेकपा एमालेले शोकमा सबै औपचारिक कार्यक्रमहरू स्थगित गरेको छ । एमालेले पार्टीको झण्डा ३ दिन आधा झुकाउने निर्णय पनि गरेको छ ।

बेलायतमा रहेका नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ भोलि बुधबार अपराह्नपछि मात्रै नेपाल आइपुग्नेछन् । अस्ट्रेलिया रहेका कान्छा छोरा सुहाङ बुधबारै राति काठमाडौं पुग्ने जनाइएको छ ।

भोलि बुधबार दिनभर नेम्वाङको पार्थिव शरीर एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिनेछ । उनको हृदयघातबाट गए राति निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन