२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

के गर्छन् सुवास नेम्वाङका छोराछोरीले ?

२०८०, २८ भाद्र बिहीबार ०५:२९

भदौ २८, काठमाडौँ | मंगलबार हृदयाघातबाट निधन भएका संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको आज अन्त्येष्टि गरिँदैछ ।

बालुवाटारस्थित निवासबाट राजकीय सम्मानसहित उनको शवयात्रा निकालिएको छ । छोराहरू देशबाहिर रहेकाले नेम्वाङको अन्तिम संस्कारमा ढिलाइ भएको हो ।

स्वर्गीय नेम्वाङका दुई छोरा र दुवै छोरी छन् । जेठा छोरा मिङ्सो नेम्वाङ विवाहित हुन् भने अरुको विवाह भएको छैन । चारमध्ये तीन सन्तान कानून व्यवसायी हुन् । मिङ्सो परिवारसहित यूकेमा बसोबास गर्दै आएका छन् ।


कान्छा छोरा सुहाङ र छोरीहरू भने नेपालमै बस्छन् । सुहाङ केही दिनअघि घुमघामका लागि अष्ट्रेलिया पुगेका थिए । बुबाको निधनको खबर पाएपछि उनी भ्रमण रद्द गरेर तत्काल फर्किएका हुन् ।

मिसाङपछिकी छोरी शुसाङ नेम्वाङ डेण्टल सर्जन हुन् । उनी समाज डेण्डल हस्पिटलमा कार्यरत छिन् । सबैभन्दा कान्छी छोरी सारा (सम्या) स्नातक सकेर एमएसडब्ल्यू अध्ययन गरिरहेकी छन् । दुवै छोरी अविवाहित हुन् ।

कान्छा छोरा सुहाङबाहेक अरु राजनीतिक गतिविधिमा सक्रिय छैनन् । बाँकी तीन सन्तान र उनकी पत्नी सरोज भोटरमात्रै हुन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु