१ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दीपक मनाङेद्वारा केन्द्रीय परिषद् सदस्य पद अस्वीकार

२९ भाद्र २०८०, शुक्रबार १०:३९

भदौ २९, काठमाडौँ | राजीव गुरुङ (दीपक मनाङे) ले नेकपा एकीकृत समाजवादीले केन्द्रीय परिषद् सदस्यमा गरेको मनोनयनप्रति असन्तुष्टि जनाउँदै उक्त पद अस्वीकार गरेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय समिति बैठकको निर्णय अनुसार हालै जारी गरेको अपानीमा मनाङेलाई केन्द्रीय परिषद् सदस्यमा मनोनीत गरेको उल्लेख छ ।


तर मनाङेले सामाजिक सञ्जाल फेसबुकमा उक्त पदप्रति असन्तुष्टि जनाउँदै अस्वीकार गरेको घोषणा गरेका छन् ।  ‘एउटै व्यक्तिले अनेक पदको भारी बोक्नु राम्रो होइन । त्यसैले मलाइ दिइएको जिम्मेवारी स्वीकार्य नभएको र पद पार्टीकै अन्य योग्य युवाहरूलाई दिँदा पार्टीलाई अझ बढी फाइदा हुन्छ’, मनाङेले भनेका छन् । यसअघि रामकुमारी झाक्री, राजु गुरुङलगायतले पनि कार्य विभाजनप्रति असन्तुष्टि जनाएका छन् ।

मनाङेले फेसबुकमा यस्तो लेखेका छन् :

नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार मलाइ केन्द्रीय परिषद्को सदस्यमा मनोनीत गरेको भन्ने सूचना प्राप्त भयो । यो निर्णय र जिम्मेवारी मसँग सल्लाह गरी गरिएको होइन । जनताबाट निर्वाचित जनप्रतिनिधिहरू जनतासँग उत्तरदायी हुन्छन्, धेरै समय जनतासँग प्रत्यक्ष जोडिएका कामहरू र संसदीय कामकाजमा व्यस्त हुनुपर्दछ । जसका कारण पार्टीका काममा समय दिन नभ्याइने पनि हुनसक्छ । 

एउटै व्यक्तिले अनेक पदको भारी बोक्नु राम्रो होइन । त्यसैले मलाइ दिइएको जिम्मेवारी स्वीकार्य नभएको र पद पार्टीकै अन्य योग्य युवाहरूलाई दिँदा पार्टीलाई अझ बढी फाइदा हुन्छ । युवाहरूलाई अगाडी बढाउने कुरामा मेरो सधैँ समर्थन रहन्छ ।

एक व्यक्ति एक पदको नारा नारामा मात्र सीमित नगरी कार्यान्वयनमा पनि ध्यान दिन पार्टी नेतृत्वलाई अवगत गराउन चाहन्छु ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लस एन्जलसको आगो नियन्त्रणका लागि प्रयोग भइरहेको गुलाबी रङ्गको तरल पदार्थ के हो? ब्राजिलमा भेटियो अचम्मको माछा – मान्छेका जस्ता दाँत! डेढ महिनादेखि बेपत्ता वृद्धको शव सडेगलेको अवस्थामा फेला, कपडा र झोलाले चिनियो कोलेस्ट्रोलका बिरामी, मिर्गौला रोगीसहित यी व्यक्तिहरूले खानु हुँदैन अण्डा? प्रचण्डको दाबीः सरकार ढल्छ, हामीले धेरै बल गर्नै पर्दैन ‘महाराजधिराज’ को पोस्टरमा पलकाे दुई अलग चरित्र एक वर्षमा आठ हजार ६ सय नेपाली विमानस्थलबाटै फकाईए गोली हानेर श्रीमतीको हत्या पिएसएल अक्सनमा बिक्री भएनन् नेपाली खेलाडी एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ आज तोलामा आठ सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदीको कति? इजरायल र हमास युद्धविरामको नजिक, यी विषयमा जुट्यो सहमति ‘माघे संक्रान्ति धार्मिक,सांस्कृतिक, र प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण पर्व’ चालु आर्थिक वर्षको ६ महिनामा उठ्यो ५ खर्ब ५९ अर्ब राजस्व २०८१ को एसईई परीक्षाको समयतालिका सार्वजनिक, यस्तो छ रुटिन प्रधानमन्त्री केपी शर्मा ओलीले दिए माघे संक्रान्तिको शुभकामना आज देशभर माघे सङ्क्रान्ति पर्व मनाउँदै मंगलबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना जब भारतीय विदेशमन्त्रीले आरजुलाई सोधे: नेपालमा आएर कसैले मान्छे मारेको भए मिटिङ हुन्थ्यो?