१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भिस्ताराको उडान अब काठमाडौं-दिल्ली-हङकङ पनि

१ आश्विन २०८०, सोमबार ०६:३३

असोज १, काठमाडौं । अन्तर्राष्ट्रिय उडान क्षेत्रमा स्थापित भिस्तारा एयरलाइन्सले काठमाडौं–दिल्ली–हङकङ दुईतर्फी उडान सुरु गर्ने भएको छ ।

भिस्ताराले आगामी १५ कात्तिकदेखि काठमाडौं–दिल्ली–हङकङ दुईतर्फी उडान सुरु गर्ने भएका हो ।


उडानका लागि भिस्ताराले ए३२नेव एयरक्राफ्ट प्रयोग गर्नेछ । यात्रुमा सहभागी हुन चाहने यात्रुले मोबाइल एप्स, वेव साइट र ट्राभल एसेन्सिमार्फत टिकट बुकिङ गर्न सक्नेछन् ।

एयरलाइन्सका नेपालस्थित कार्यकारी अधिकृत प्रसन्न अधिकारीले भिस्ताराले आगामी १५ कात्तिकदेखि काठमाडौं–दिल्ली–हङकङ दुईतर्फी उडान सुरु गर्न लागेको बताए ।

उनले भने, ‘यात्रुलाई सुरक्षित र आरामदायी हवाई यात्रा उपलब्ध गराउनु भिस्ताराको मूल लक्ष्य हो । यही लक्ष्य प्राप्त गर्न भिस्ताराले अब काठमाडौं–दिल्ली–हङकङ दुईतर्फी उडान सुरु गर्न लागेको छ ।

आगामी १५ कात्तिकदेखि भिस्ताराले यो सुविधा उपलब्ध गराउने छ । काठमाडौंबाट दिल्ली हुँदै हङकङ र हङकङबाट दिल्ली हुँदै काठमाडौं आउजाउ गर्न चाहने यात्रुका लागि यो सुविधा अवश्य पनि लाभकारी साबित हुनेछ ।’

भिस्ताराले हाल काठमाडौं–दिल्ली नियमित उडान भर्दै आएको छ । यात्रुका लागि भिस्ताराले २५ देखि ३५ प्रतिशत छुटमा ‘स्पा’ सुविधा पनि उपलब्ध गराउँदै आएको छ । एयरलाइन्सले ‘स्पा’ सुविधा होटल सोल्टी र र्‍याडिशनस्थित ‘ट्रयाङ्कुलिटी स्पा’मा उपलब्ध गराउँदै आएको छ ।

एयरलाइन्समा स्थापित भारतीय कम्पनी टाटा समूह र सिंगापुर एयरलाइन्सको संयुक्त लगानी छ । नेपालसहित यसले विश्वका विभिन्न ३० गन्तव्य स्थानमा नियमित उडान भर्दै आएको छ । एयरलाइन्सले विद्यार्थीका लागि २० किलोसम्मको ‘लगेज’ लैजाने सुविधा निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन