१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जसपा नेतालाई समात्ने तीन नगरप्रहरीलाई महानगरले जिम्मेवारीबाट हटायो

२ आश्विन २०८०, मंगलवार ०९:१४

असोज २, विराटनगर | विराटनगर महानगरपालिकाले तीन जना नगरप्रहरीलाई जिम्मेवारीबाट हटाएको छ । जनता समाजवादी पार्टी मोरङ अध्यक्ष तथा औषधि व्यावसायी राजकुमार यादवलाई पक्राउ गर्ने एक प्रहरी हवल्दार र दुई नगरप्रहरी जवानलाई महानगरपालिकाले आजबाट नगरप्रहरीको जिम्मेवारीबाट हटाएको हो ।

विराटनगर अस्पताल चोकमा पार्कीङको विषयमा विवाद हुँदा जसपा नेता यादव र प्रहरी जवानबीच ठेलामठेल भएको थियो । त्यसपछि पुगेको नगरप्रहरीले जसपा नेता यादवलाई औषधि पसलबाट कठालोमा समातेर वडा प्रहरी कार्यालय विराटनगरमा पुर्याएको थियो ।


नगर प्रहरीले कठालोमा समातेर लछारपछार पार्दै ल्याएको भिडियो सार्वजनिक भएपछि जसपा कार्यकर्ताले आन्दोलन गरेका थिए । आन्दोलनपछि नगरप्रमुख नागेश कोइरालाले नगरप्रहरीलाई नगरप्रहरी सेवाको जिम्मेवारीबाट हटाएका हुन् ।

भदौं २७ गते बेलुका नगरप्रहरीले जसपा नेतालाई लछारपछार पार्दै प्रहरी कार्यालय पुर्याएका थिए । लगतै मेयर नागेश कोइरालासँगको छलफपछि घटना साम्य भएको थियो । तर लछारपछार पारेको भिडियो सार्वजनिक भएपछि जसपाले प्रदर्शन गरेको थियो । जसपाले प्रदर्शनपछि महानगरपालिकामा भदौं ३१ गते महानगर प्रमुख र जसपा नेताबीच छानविन गरी कारवाही गर्ने सहमति भएको थियो ।

छानबिनपछि नगरप्रहरी हलल्दार रमेश निरौला भण्डारी, नगरप्रहरी जवान विक्रम श्रेष्ठ र बब्लु केशरीलाई नगरप्रहरी सेवाबाट हटाएको मेयर नागेश कोइरालाले जानकारी दिएका छन् ।

‘विराटनगर महानगरपालिका प्रमुखज्यूको अध्यक्षतामा जसपाका केन्द्रीय सदस्यसहितको प्रतिनिधिमण्डलको उपस्थीतिमा भएको छलफलको निर्णयबाट महानगरप्रमुखज्यूलाई छानविन गरी आवश्यक कारवाही गर्ने अख्तीयारी दिएको आधारमा नगरप्रहरी हवल्दार रमेश निरौला भण्डारी, नगरप्रहरी जवानहरु विक्रम श्रेष्ठ र बब्लु केशरीलाई आजकै मितिबाट लागु हुनेगरी नगरप्रहरी सेवाको जिम्मेवारीबाट हटाइएको जानकारी गराइन्छ’ नगरप्रमुख नागेश कोइरालाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

जसपा अध्यक्ष यादव विराटनगरको अस्पताल चोकमा रहेको स्नेहा फार्मेसीका सञ्चालक हुन् । उनको पसल अगाडि बुधबार नो पार्किङमा रोकेको सिटी सफारीमा ह्वील लक लगाइदिएको थियो ।

बेलुका करिब ४ बजे पसल पुगेका यादवलाई सफारी चालकले प्रहरीले लक ल गाएको र खोल्न आग्रह गर्दा नमानेको गुनासो गरे । यादवले सवारी छाड्न भनेपछि विवाद भएको थियो ।

विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र पराजुलीका अनुसार नगरप्रहरी जिम्मेवारीबाट हटाइएकाको जागिर भने गएको छैन् । उनीहरुको जागिर भने कायम रहने उनले बताए ।

‘कारवाहीमा परेका तीन मध्ये दुई जना विद्युतका कर्मचारी हुन्, उनीहरुलाई विद्युतमै फर्काइएको छ, उनले भने,‘प्रहरी हवल्दारलाई कम सुविधाको अर्को जिम्मेवारी दिइनेछ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन