१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपाले जिल्ला-जिल्लामा खटायो सांसद र केन्द्रीय नेता

२ आश्विन २०८०, मंगलवार १०:४४

असोज २, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुझाव संकलनका लागि केन्द्रीय नेतालाई जिल्ला–जिल्लामा खटाएको छ।

केन्द्रबाट खटाइएका १९ जना नेताले तीन दिन बसेर सुझाव, गुनासो संकलन गरेर ल्याउने पार्टीका महामन्त्री मुकुल ढकालले बताए।

पार्टी सभापति रवि लामिछाने रोल्पा जाने भएका छन्। पार्टी उपसभापति डोलप्रसाद अर्याल मधेस प्रदेशअन्तर्गत पर्सा जाने महामन्त्री ढकालले बताए।

महामन्त्री ढकाल कालिकोट जानेछन्। संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई बैतडी खटाइएको छ। त्यस्तै सुमना श्रेष्ठ कैलालीको टीकापुर, शिशिर खनाल रसुवा, मनिष झा पर्वत, गणेश पराजुली ओखलढुंगा जाने ढकालले जानकारी दिए।

केन्द्रीय सदस्य रमेश प्रसाईं सुर्खेत, सन्तोष परियार पर्सा, विपीन आचार्य संखुवासभा, डा तोसिमा कार्की डोटी, हरि ढकाल सोलुखुम्बु, कमल सुवेदी गौर, रौतहट खटाइएका छन्।

सहमहामन्त्री कविन्द्र बु्र्लाकोटी कञ्चनपुर, डा. स्वर्णीम वाग्ले तनहुँ, गणेश कार्की सिन्धुपाल्चोक, क्रान्तिशिखा धिताल खोटाङ र शंकर श्रेष्ठ इलाम जाने छन्।

सांसद र केन्द्रीय नेताहरूले ल्याएका सुझाव, गुनासाहरूलाई पार्टीको राजनीतिक, वैचारिक दस्तावेजमा समेटिने महामन्त्री मुलुक ढकालले बताए।

‘नागरिकले कस्तो पार्टी चाहेका छन्। विचार र दृष्टिकोणका हिसाबले उनीहरू कस्तो पार्टी बनोस् भन्ने चाहन्छन् भनेर हामीले नागरिकको मन बुझ्न जान लागेका हौं,’ उनले भने, ‘यो पहिलो चरणको कार्यक्रममा हो। चरणचरणमा नागरिककहाँ गएर सुझाव संकलन गर्दै दस्तावेजलाई समृद्ध बनाउँछौं।’

संविधान दिवसका सन्दर्भमा पनि रास्वपा पहिलो चरणमा जिल्ला जान लागेको हो। तीन चरणमा जिल्ला गएर, सुझाव संकलन गरेर दस्तावेजलाई पूर्णता दिने रास्वपाको तयारी छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन