२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

टीकापुर घटनाका सबै बन्दी रिहा

२०८०, ३ आश्विन बुधबार ०६:३६

असोज ३, काठमाडौँ | टीकापुर घटनामा जेल सजाय भोगिरहेका ४ जना बन्दी संविधान दिवसका दिन रिहा भएका छन् । कैलाली कारागारमा रहेका ३ जना र पोखरास्थित बाल सुधार गृहमा रहेका एकजना गरी ४ जना बन्दी रिहा भएका हुन् ।

कैलाली कारागारबाट ४१ वर्षीय बीरबहादुर चौधरी, २५ वर्षीय प्रदीप चौधरी र २५ वर्षी हरिनारायण चौधरी बुधबार रिहा भएका हुन् । बीरबहादुर २०७२ सालको भदौ १४ गते, प्रदीप २०७२ साल भदौ २८ गते र हरिनारायण घटना भएको भोलिपल्ट अथवा २०७२ सालको भदौ ८ गते पक्राउ परेका थिए ।

तीनैजनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दामा कैद सजाय तोकिएको थियो । घटनाका  मुख्य आरोपी भनिएका रेशमलाल चौधरी यसअघि नै रिहा भइसकेका थिए । राजनीतिक पहुँच भएका कारण रेशम रिहा भएका तर सामान्य व्यक्ति नछुटेका भन्दै आलोचना भइरहेका बेला संविधान दिवसका अवसरमा तीनैजना रिहा भएका हुन् ।


नाबालक श्रवण चौरी पनि बुधबार नै रिहा भएका छन । थरुहट प्रदेशको माग गर्दै २०७२ सालको भदौ ७ गते टीकापुरमा भएको झडपका क्रममा प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका २ जना निरीक्षक, हवल्दार, जवान, सशस्त्र प्रहरी हवल्दार र नाबालक गरी ९ जनाको ज्यान गएको थियो ।

संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले फौजदारी कसुर कैद कट्टा नियमावली २०७६ अनुसार उनीहरुको कैद कट्टा गरेका हुन् । संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा प्रमुख जिल्ला अधिकारी हुँदै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदीबन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था छ । 

कैलाली कारागारबाट छुटेका तीनैजनालाई लिन नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी, अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी, संघीय सांसद अरुण चौधरी, नागरिक उन्मुक्तिका प्रदेश मन्त्री, सांसदसहितका व्यक्तिहरू कैलाली कारागार पुगेका थिए । 

उनीहरुलाई टीकापुरमा नगर परिक्रमा गरी अभिनन्दन गराइने कार्यक्रम रहेको नागरिक उन्मुक्ति पार्टीले जनाएको छ । टीकापुर घटनामा संलग्न भएका ३० जना फरार छन । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीले ती ३० जना विरुद्ध लगाइएको झुठा मुद्दा छिट्टै खारेज हुने दाबी गरे । 

 रिहा भएका बन्दीहरू लिन कैलाली कारागार पुगेका रेशमले फरारको सूचीमा रहेकाहरूको मुद्दा खारेजीका लागि पनि सरकारसँग छलफल भइरहेको दाबी गरे । ‘फरारको सूचीमा रहेका ३० जनाको मुद्दा खारेजीका लागि प्रधानमन्त्रीसहित सत्तासीन दलका शीर्ष नेतासँग मेरो छलफल जारी छ । छिट्टै टीकापुर घटनाको मुद्दा बन्द हुने र झुठा मुद्दा खारेज हुने छ,' उनले भने । 

यद्यपी रेशमलाल चौधरीको रिहाइका बारेमा सर्वोच्च अदालतले सार्जजनिक गरेको पूर्ण पाठमा भने उनलाई छोडनु उचित नभएको ठहर गरिएको छ ।  रेशम चौधरीको रिहाइका विरुद्ध टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहराले सर्वोच्च अदालतमा रिट निवेदन दिँदै रेशमलाई पुनः पक्राउ गर्न माग गरेकी छिन् । 

सर्वोच्चमा परेको उक्त रिट उपर सुनवाइ अझै भएको छैन । कैलाली कारागारबाट संविधान दिवसका दिन ९ जना कैदीबन्दीको रिहाइ भएको छ । 


  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु