१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रपतिले रोके ३४ जनालाई सजाय माफी दिने सरकारको सिफारिस

३ आश्विन २०८०, बुधबार ०६:४४

असोज ३, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले ३४ जनालाई आममाफी दिने सरकारको सिफारिस रोकिएका छन् ।

असार २९ मा बसेको मन्त्रिपरिषद् बैठकले ६७० जनाको बाँकी कैद मिनाहा र ३४ जनालाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । तर माफी सिफारिस गरिएकोमा राष्ट्रपति कार्यालयले प्रश्न उठाउदै कसुरको विस्तृत विवरण, अदालतबाट भएको फैसला र सजाय माफी दिनुपर्ने कारण खुलाउन गृह मन्त्रालयलाई स्पष्ट पार्न पत्र पठाएको थियो तर गृहले यस विषयमा स्पष्ट नपारेपछि राष्ट्रपति पौडेलले संविधान दिवसमा कसैलाई पनि माफी दिएनन् ।


माफी नदिएकाहरु सत्तारूढ नेकपा माओवादी केन्द्र, मधेशवादी दल तथा कांग्रेसनिकट व्यक्तिहरु पनि रहेको बताइएको छ । उनीहरु हत्या अभियोगमा जन्मकैद सजाय पाएका र जघन्य अपराधका दोषी रहेको बुझिएको छ ।

राष्ट्रपतिले माफी दिन अस्वीकार गरेकाहरुमा हत्या अभियोगका पुस्ते घर्तीमगर, भोला शाह तेली, सचिन्द्र यादव, एकराज राई, महेन्द्र राउत कुर्मी, पारसनाथ यादव, दलबहादुर पुन, अमिर गरुङ, डविन गुरुङ, प्रल्हाद राउत अहिर, व्यासप्रसाद यादव, सुष्मा राउत अहिर, नवलकिशोर राउत, राजदेव राउत, रामजनमप्रसाद शाह कानु, मनोज पाण्डे, राजेन्द्रप्रसाद साह कानु, लालबहादुर विष्ट, अशोककुमार साह कलवार, चन्द्रबहादुर कार्की, प्रेमबहादुर थापा, लीलाबहादुर खत्री, ललित पौडेल, जोगबहादुर श्रेष्ठ र मुस्तकिम खाँ रहेका थिए । त्यस्तै ज्यान मार्ने उद्योगका रेशम खत्री, शंकर सुवेदी र राजेन्द्रसिंह कुशवाह, काठ तस्करीका फणीन्द्रप्रसाद न्यौपाने, कुटपिटका जयप्रसाद यादव, हातहतियार खरखजानाका फलबहादुर पुन र किर्ते प्रकरणमा दीर्घमान गुरुङ, मनोज यादव र धनबहादुर केसीको सजायमाफी दिन सरकारले सिफारिस गरेको थियो ।

संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको १५९ अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिबाट विभिन्न दिवसमा जघन्य अपराधमा दोषी ठहर व्यक्तिले सजायबाट आममाफी दिदै आइएको छ तर राजनीतिक प्रभाव र राजनीतिक संरक्षणका आधारमा सजाय भुक्तान नगरी उन्मुक्ति दिन राजनीतिक नेतृत्वको मिलोमतो देखिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन