२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संविधानको विरोध गर्दै तमलोपाले जनकपुरधाममा मनायो कालो दिवस

२०८०, ३ आश्विन बुधबार ०७:०९

असोज ३, जनकपुरधाम । मुलुकभरि संविधान दिवसको उत्सव मनाइरहँदा मधेस प्रदेशको राजधानी जनकपुरधाममा भने तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले विरोधमा ‘कालो दिवस’ मनाएको छ । एक पक्षीय रुपमा संविधान जारी भएको भन्दै तमलोपाले संविधान दिवसलाई ‘कालो दिवस’को रुपमा मनाएको हो ।

२०७२ मा संविधानसभाबाट जारी भएको नेपालको संविधानप्रति असन्तुष्टि जनाउँदै तमलोपाले बुधबार बिहान जनकपुरधामको विभिन्न चोकमा कालो झण्डा प्रदर्शन गरेको हो । जनकपुरधामको चोक–चोकमा कालो झण्डा प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरी दमन गर्न खोजेको तमलोपाका केन्द्रीय सदस्य उमेश मण्डलले जनाए ।


उनले २०७२ सालमा संविधान जारी गर्दा मधेसमा ठुलो विरोध भएको भन्दै त्यतिबेला राज्यले नै प्रहरी प्रशासन लगाएर मधेसीको हत्या गरेको विरोधमा आफूहरुले अहिले प्रदर्शन गरेको बताए ।

नेता मण्डलले संविधानमा जनसंख्याको आधारमा मधेसलाई समानुपातिक सहितको राज्यको हरेक निकायमा पहुँच हुनुपर्ने, प्रदेश संरचना अनुसार प्रदेशलाई अधिकार सम्पन्न बनाउनु पर्ने लगायतका मागहरु आफूहरुले अघि सारेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु