२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

शेखरसहितका नेता धुम्वाराहीमा : देउवाको कार्यशैलीप्रति आपत्ति

२०८०, ३ आश्विन बुधबार ०७:५५

असोज ३, काठमाडौँ | नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति आलोचना गरेका छन् । मंगलबार आफू पक्ष नेताहरूको भेलामा भएको सहमतिअनुसार देउवा निवास धुम्वाराही पुगेर कार्यशैलीप्रति असन्तुष्टि पोखेका हुन् ।

शेखरको साथमा धुम्बाराही उपसभापति धनराज गुरूङ र सहमहामन्त्री जीवन परियार पनि गएका थिए । भेटमा पार्टीको आन्तरिक समसमयिक विषयमा कुराकानी भएको सहमहामन्त्री परियारले बताए ।

उनले भने, ‘सभापतिसँग पार्टीको आन्तरिक राजनीतिको विषयमा कुराकानी गरेका हौं । पछिल्ला समसायिक केही विषयमा छलफल भए ।’


तर, भेटमा पार्टीभित्र देउवाले एकलौटी लादेको भन्दै शेखरले असन्तुष्टि जनाएको एक नेताले बताए ।

शेखरनिकट ती नेताले भने, ‘उहाँले तरुण दल, महिला संघ सहमति र विधानविपरीत एकलौटी चल्नुभयो । पार्टीलाई विधिअनुसार चलाउनुपर्‍यो भन्ने विषयमा शेखर दाइले कुरा राख्नुभएको थियो ।’

प्रचण्ड नेतृत्वको सरकार र कोशी सरकारको विषयमा पनि ध्यानाकर्षण गराएको ती नेताले सुनाए । शेखर पछिल्लो सयम प्रचण्ड नेतृत्वको सरकारको विकल्प खोज्नुपर्ने बताउँदै आइरहेका छन् ।

ती नेताले थपे, ‘भोलिबाट केन्द्रीय समितिको बैठक त बस्दैछ । तर, सभापतिसँग व्यक्तिगत कुरा राखेपछि उहाँले सम्बोधन गर्नुभयो भने किन बैठकमा उठाउने भनेर शेखर दाइ जानुभएको हो ।’

भेटमा अब पनि एकलौटी चल्ने भए नयाँ ढंगले आफू अगाडि बढ्ने शेखरले चेतावनी दिएका थिए । तर, शेखरको कुरा सुनिसकेपछि देउवाले आफू मिलाएर पार्टीलाई एकताबद्ध बनाएर लैजान तयार रहेको बताएका थिए ।

केन्द्रीय समितिको बैठकमा प्रस्तुत हुने रणनीतिबारे शेखरले मंगलबार आफूनिकटका नेताहरूसँग छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु