१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेसपासँग पार्टी एकता गर्न माओवादीले फेरि पठायो पत्र

३ आश्विन २०८०, बुधबार ११:३२

असोज ३, काठमाडौँ | माओवादी केन्द्रले नेपाल समाजवादी पार्टी (नेसपा)सँग पार्टी एकता गर्न औपचारिक पत्र पठाएको छ।

भदौ २५ गते बसेको पदाधिकारी बैठकको निर्णयअनुसार ३० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देवप्रसाद गुरुङले संयुक्त रुपमा नेसपालाई पार्टी एकताका लागि आग्रह गरेको हो।

नेसपाका पहिलो अध्यक्ष डा. बाबुराम भट्टराई भ्रमणका लागि भारत गएकै दिन भदौ ३० गते अर्का अध्यक्ष महिन्द्रराय यादवलाई सम्बोधन गरेर माओजादीले पत्र पठाएको हो। पत्रमा नामका विषयमा आउँदो महाधिवेशनमा खुला रुपमा छलफल गर्न सकिने उल्लेख गरिएको छ।

नेसपाले माओवादी नामसँग असहमति जनाउँदै आएको सन्दर्भमा त्यसलाई महाधिवेशनबाटै टुंगो लगाउने प्रस्ताव माओवादीले गरेको हो। पत्रमा भनिएको छ, ‘पार्टी एकतालाई सफल तुल्याउनका लागि पार्टीको नामको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टीको पछाडी कोष्ट भित्र रहेको माओबादी केन्द्र बारे आगामी महाधिवेशनमा खुला रुपले छलफल गरी आवश्यक निर्णय लिन सकिने भनी गरिएको निर्णयलाई जानकारीको लागि पत्राचार गरिएको छ।’

माओवादीका एक नेताका अनुसार यो पत्र भदौ ३० गते पठाइएको पत्रको जवाफ हो।

यसअघि नेसपाका पहिलो वरियताका अध्यक्ष डा. भट्टराईले एकताका लागि तयार रहे पनि नामको विषयमा विचार गर्नुपर्ने आशयको पत्र पठाएको थिए। ती नेताले भने, ‘यो जवाफी पत्र मात्रै हो। यसअघि बाबुरामजीले पठाएको भएको पत्रको जवाफ दिइएको हो।’

माओवादी केन्द्रले एकीकृत समाजवादी, जसपा, विप्लव नेतृत्वको नेकपासँग मिलेर समाजवादी मोर्चा बनाउँदा नेसपालाई बाइपास गरेको थियो। मोर्चाको पक्षमा भट्टराई हुँदाहुँदै जसपाका उपेन्द्र यादवलाई देखाएर नेसपालाई बाहिर राखिएको थियो।

माओवादीले विप्लवसँग पनि एकताका लागि छलफल चला रहेको छ भने समाजवादी मोर्चालाई नै पार्टी एकतामा बदल्ने कोणबाट पनि छलफल भइरहेको नेताहरु बताउँछन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन