४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्री दाहालको चीन भ्रमणको औपचारिक घोषणा

४ आश्विन २०८०, बिहीबार ०७:२१

असोज ४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको औपचारिक घोषणा भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दाहालको चीन भ्रमणको तालिका सार्वजनिक गरेको हो ।

यही सेप्टेम्बर २३ देखि ३० (असोज ६ देखि १३ गते) सम्म एक साता प्रधानमन्त्री दाहालले चीन भ्रमण गर्नेछन् । चीनका समकक्षी ली छियाङको निमन्त्रणामा हुन लागेको भ्रमणमा प्रधानमन्त्री दाहालको साथमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, खानेपानी मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पनि रहने मन्त्रालयले जनाएको छ ।


यस्तै भ्रमण दलमा राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ तथा अन्य वरिष्ठ सरकारी अधिकारीहरुका साथै व्यापारिक समुदायका प्रतिनिधिहरु पनि सहभागी हुने जानकारी दिइएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्रले जनाएको छ । दाहालले राष्ट्रपति सीसँग हाङझाउमा भेट गर्नेछन् ।

यसैगरी सेप्टेम्बर २३ मा हाङजाओमै हुने १९ औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा प्रधानमन्त्री दाहाल सहभागी हुनेछन् । यसक्रममा प्रधानमन्त्रीले चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासाको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ । 

हाल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल न्युयोर्कबाटै चीन जाने छन् । चीन भ्रमण सकेर असोज १३ गते प्रधानमन्त्री दाहाल काठमाडौं आइपुग्ने परराष्ट्रले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ