१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आन्दोलनरत शिक्षकहरूको नारा– छोटे राजा मुर्दावाद, बालेनहरू होसियार !

४ आश्विन २०८०, बिहीबार ०७:४१

असोज ४, काठमाडौँ | आन्दोलनरत सरकारी शिक्षकहरूले स्थानीय तहका प्रमुखहरूविरुद्ध नाराबाजी गरेका छन् । विरोध कार्यक्रममा शिक्षकहरूले स्थानीय तहका प्रमुखहरूविरुद्ध चर्का नाराबाजी गरेका हुन् । उनीहरूले ‘छोटे राजा मुर्दावाद, बालेनहरू होसियार’ भन्दै नारा लगाएका छन् ।


विद्यालय शिक्षासम्बन्धी विधेयकमा प्रस्ताव गरिएका प्रावधानप्रति असहमति जनाउँदै शिक्षकहरू बुधवारदेखि आन्दोलनमा छन् । शिक्षक महासंघको आह्वानमा भएको आन्दोलनअन्तर्गत सामुदायिक विद्यालयका शिक्षकहरूले बुधवारदेखि काठमाडौंको बानेश्वरमा प्रदर्शन गरिरहेका छन् । 

बिहीवार पनि शिक्षकहरूले माइघीघर मण्डलादेखि बानेश्वरसम्म प्रदर्शन गरेका छन् । 

विद्यालय बन्द गरेर आन्दोलनमा गएको भन्दै काठमाडौं महानगरसहित विभिन्न पालिकाले कारबाहीको चेतावनी दिएका थिए । त्यसको विरोधमा शिक्षकहरूले काठमाडौंका मेयर बालेनविरुद्ध नाराबाजी गरेका हुन् ।

शिक्षकहरूको आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयमा पठनपाठन अवरुद्ध बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन