२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

झलनाथलाई माधव नेपालको जवाफ- अनुशासनमा बसेकाले पार्टीको कुरा सडकमा लाँदैनन्

२०८०, ४ आश्विन बिहीबार १०:१३

असोज ४, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्रको कुरा सडकमा लानु राम्रो नभएको बताएका छन् । अध्यक्ष नेपालद्वारा जारी अपानिमा असन्तुष्टि पोख्दै सम्मानित नेता झलनाथ खनालले खतरनाक भएको टिप्पणी गरेपछि उनले यस्तो बताएका हुन् ।


नेता खनालले त अपानि खतरनाक छ भन्नुभयो भन्ने सञ्चारकर्मीको प्रश्नमा नेपालले भने, ‘त्यस्ता कुरामा हामी पार्टीमै बसेर छलफल गरौंला । पार्टीभित्रको कुरा सडकमा लाने काम पार्टीको जिम्मेवार बसेकाले गर्दैनन् । अनुशासनको कुरा बुझेकाले गर्दैनन् । सबै कुरा पार्टीभित्र बसेर छलफल गरेर टुंगो लगाउँछौं ।’

उनले पार्टीभित्र मतभेद नभएर प्रष्ट्याउँदै उठेका विषय छलफलबाट टुंग्याउने बताए । यस्तै उनले सरकारले राम्रो कामको प्रयास गरिरहेकाले आफूहरुको सहयोग निरन्तर हुने सुनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु