१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अर्थतन्त्रले नधान्ने र संविधान प्रतिकूलबाहेकका शिक्षकका माग पूरा गर्छौः कावा प्रधानमन्त्री खड्का

४ आश्विन २०८०, बिहीबार १०:४७

असोज ४, काठमाडौँ | कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्रले धान्न नसक्ने र संविधान प्रतिकूल हुनेबाहेक शिक्षकका समस्या समाधान गर्न तयार रहेको बताएका छन् । 

कांग्रेस केन्द्रीय समितिको बैठकमा शिक्षकहरूको माग र सरकारले गरिरहेको पहलका विषयमा जानकारी गराउँदै उपसभापतिसमेत रहेका खड्काले यस्तो बताएका हुन् । 


‘वर्तमान अर्थतन्त्रले धान्न नसक्ने, शिक्षाका विषयमा संविधान प्रतिकुल हुनेबारे जे–जे समस्या छन् । समस्या समाधान गर्न तयार छौं भनेका थियौ । उहाँहरू हिजोदेखि आन्दोलनमा जानुभयो । अहिले मन्त्रीसँग होइन प्रधानमन्त्रीसँग वार्ता गर्ने भनिरहनुभएको छ । तर पनि हामीले गृहमन्त्री र शिक्षामन्त्रीसहित एकचरण वार्ता गरिसक्यौं,’ खड्काले भने, ‘फेरि अर्को चरणमा छलफल हुन्छ । पहिलोका सकारात्मक पक्षलाई समेटेर फेरि वार्ता हुन्छ । समाधान निस्कन्छ । पहिले भएको सहमतिभन्दा हामी बाहिर जाँदैनौं ।’

शिक्षक र शिक्षाका समस्याका विषयबारे ऐन, नियम, कार्यविधि, परिपत्रमा पनि आउने उनले बताए । 

‘यो वषौं देखिएको समस्या हो । समाधान हुन्छ । ससस्यालाई सरकारले जिम्मेवारीपूर्वक रुपमा हेरेको छ, समाधान दिन्छ,’ खड्काले भने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन