१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

शिक्षकहरुको आन्दोलन फिर्ता हुने सरकारी पक्षको दाबी

५ आश्विन २०८०, शुक्रबार १२:१७

असोज ५, काठमाडौँ | सरकारी पक्षले शिक्षकहरुको आन्दोलन फिर्ता हुने दाबी गरेको छ। शुक्रबार सिंहदरबारमा भएको वार्तामा सहमति जुटेको र सहमति जुटिसकेका कारण शिक्षकहरुको आन्दोलन फिर्ता हुने सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। 

सञ्चारमन्त्री शर्माले शिक्षकहरुको आन्दोलन भोलि (शनिबार)बाट फिर्ता हुने बताइन्। सरकारसँग वार्ता सफल भइसकेकोले अब आन्दोलनको औचित्य नरहेको शर्माको भनाइ छ। 

शुक्रबार अपराह्न आन्दोलनरत शिक्षक र सरकारी पक्षबीच सिंहदरबारमा वार्ता भएको थियो। वार्तामा शिक्षकका मागहरु सम्बोधन गर्ने गरी संसद्‌मा सहजीकरण गर्ने प्रतिबद्धता सरकारी पक्षले जनाएको छ। 

सरकारी प्रतिबद्धतामा आन्दोलनरत शिक्षकहरु पनि सहमत भएका छन्। सहमतिपछि शिक्षकहरुको आन्दोलन फिर्ता हुने मन्त्री शर्माको भनाइ छ। 

‘आन्दोलन फिर्ता हुन्छ। भोलि (शनिबार)देखि आन्दोलन फिर्ता हुन्छ। वार्ता गरेर समझादारीमा पुगिसकेपछि आन्दोलन गरिराख्ने कुरा भएन,’ मन्त्री शर्माले भनिन्। 

सरकार र शिक्षकहरुबीच भएको सहमतिलाई बुँदागत रुपमा उल्लेख गर्ने तथा अन्तिम रुप दिने कार्य भइरहेको मन्त्री शर्माको भनाइ छ। 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन