१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पशुपतिनाथको सुनमा अनियमितता भएको निष्कर्ष, को–को मुछिएलान् ?

७ आश्विन २०८०, आईतवार ०९:१४

असोज ७, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान टोलीले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने क्रममा अनियमितता भएको निष्कर्ष निकालेको छ । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा मुचुल्का अनुसार जडान नभएको र छानबिन सुरु गरेपछि सुनको पेटी थप्ने काम भएको भन्दै अनियमितता भएको निष्कर्ष निकालेको हो ।

‘इमान्दारितापूर्वक काम भएको थियो भने मुचुल्कामा पछि थपघट गर्नुपर्ने अवस्था थिएन’ अख्तियार उच्च स्रोतले भन्यो, ‘जहिले छानबिन सुरु हुन्छ वा अनुसन्धान अघि बढ्छ । त्यसपछि कागजात सच्याउने, सुन भेटिने काम भएको छ । त्यसका आधारमा अनियमितता भएको निष्कर्ष निकालिएको हो ।’ 


पशुपतिनाथ मन्दिरमा सर्वोच्चको आदेशविपरित सुनको जलहरी राखियो । तत्कालीन प्रधानमन्त्री केपी ओलीले जलहरी राख्न सरकारले सहयोग गर्ने वचन दिएपछि शुरु भएको जलहरी प्रकरण अख्तियारमा मुद्दा दायर भएपछि बाहिर आयो । तर, यो विषयका कारण एमालेले संसद नै अवरोध गर्न पुग्यो । माओवादी केन्द्रका सांसदले सुनको जलहरी राख्दा अनियमितता भएको भन्दै यसमा एमाले अध्यक्ष केपी ओलीलाई जोडिदिए । जलहरी राख्दा अनियमितता भएको भन्दै ती सांसदले संसदमा आवाज उठाएपछि एमाले आक्रोशित बन्यो ।

संसदमा अवरोध र आरोप–प्रत्यारोपपछि एमालेले सरकारसँग जलहरी प्रकरणमा निर्दोषिताको माग राख्यो । सरकारले पनि एमालेमाथि लागेको आरोपलाई पन्छाउने सहमति गरेपछि संसद खुल्यो र प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले जलहरी प्रकरणमा ओली र एमालेलाई जोडिएकोमा दुख व्यक्त गर्दै यो विषय उठाउने सांसदमाथि केहि अप्रिय सुनिए । र यो प्रकरणको अभिव्यक्ति संसदको रेकर्डबाटै हटाउन निर्देशन समेत दिइयो ।

जलहरी प्रकरणमा कुनै अनियमितता नभएको र जोख्दा सुन जस्ताको त्यस्तै भेटिएको भन्दै एमाले अध्यक्ष केपी ओलीले भने सत्ता गठबन्धनमाथि निरन्तर प्रहार गर्न थाले । ओलीले जलहरीको विषयमा सत्ता गठबन्धनले रिसिबी साँधेकोदेखि अनेकन आक्षेप लगाए ।

संसदीय समितिमा जलहरी प्रकरणबारे स्पष्टीकरण दिन पुगेका पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव मिलनकुमार थापाले सो जलहरीमा १० केजी सुन नपुगे आफू फाँसीको सजाय भोग्न तयार रहेको भन्दै रोए ।

यसपछि सुन जोखियो । जोख्दा सुन भेटियो । तर, अख्तियारले गरेको अनुसन्धानमा भने अनियमितता भएको पुष्टी भएको बताइन्छ । जलहरी राख्दा मुचुल्का अनुसार सुन नभएको र छानबिन सुरु गरेपछि सुनको पेटी थप्ने काम भएको भन्दै अनियमितता भएको निष्कर्ष अख्तियारको छ ।

अख्तियारले अनियमितताको मुद्दा अघि बढाउने तयारी गरेपछि थापाले भने आफूमाथि अख्तियारले बार्गेनिङ गरेको र बदनियत राखेर यातना दिएको भन्दै विभिन्न समितिदेखि राष्ट्रपति कार्यालयसम्म गुहार्न पुगेका छन् । संसदीय समितिमा समेत रोएका उनले अख्तियारले बार्गेनिङ गरेको आरोप लगाउदै गर्दा उनले भरपर्दो प्रमाण केहि सार्वजनिक गर्न सकेका छैनन् । तर, अख्तियारले गरेको अनुसन्धानको निष्कर्षले गम्भीर प्रश्न उब्जाएको छ । मुचुल्कामा नभेटिएको सुन पछि पेटि बनाउने नाममा राखिएपछि प्रश्न उठ्नु स्वभाविक हो । यो विषयमा स्वतन्त्र र निष्पक्ष छानबिन नभएसम्म आक्षेपको दाग मेटिने अवस्था देखिन्न ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन