१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेकपा एस विवाद: माधव नेपालको अपानि फिर्ता, अर्को अपानि जारी हुने

७ आश्विन २०८०, आईतवार १०:३५

असोज ७, काठमाडौँ | नेकपा एकीकृत समाजवादीले केही दिनअघि जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) फिर्ता हुने भएको छ । अपानि जारी भएपछि नेकपा एसभित्र विवाद चुलिएको छ । 

नेकपा एसका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले केही दिनअघि जारी गरिएको अपानि कार्यान्वयन नहुने बताए । 'अपानि जारी गर्दा हतारमा गरियो । अब त्यसलाई सच्याएर पठाउनुपर्ने भएकाले यसअघि जारी भएको अपानि कार्यान्वयन हुँदैन,' उनले भने ।

उपमहासचिव खतिवडाका अनुसार नयाँ अपानि सोमबार (भोलि) जारी गरिनेछ ।  पार्टी अध्यक्ष माधवकुमार नेपालले गुटगत आधारमा नेताहरूको कार्यविभाजन गरेको, पक्षपातपूर्ण तरिकाले मनोनीत गरेको भन्दै अपानी जारी भएपछि सम्मानीत नेता झलनाथ खनाललगायतका नेताहरूले विरोध जनाएका थिए । 

पार्टी केन्द्रीय कमिटी र सचिवालय बैठकको निर्णय भन्दै अपानि जारी भएको थियो । शनिबार बसेको सचिवालय बैठकले यसअघिको अपानि फिर्तता लिने निर्णय गरेको खतिवडाले बताए । अपानि जारी भएपछि केही नेताले जिम्मेवारी नलिने घोषणा गरे भने केहीले पार्टी नै छाडेको घोषणा गरेका थिए ।  नेकपा एसको ५-७ भदौमा केन्द्रीय कमिटी बैठक बसेको थियो । त्यसपछि पटक-पटक सचिवालय बैठक बसेको थियो । 

‘अस्ति जारी भएको अपानि फिर्ता भएको छ । अब परिमार्जन गरेर भोलिसम्म अर्को अपानी जारी हुनेछ । त्यही अपानिका आधारमा पार्टी गतिविधि र कार्य विभाजनलगायतका काम हुनेछन्,' खतिवडाले भने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन