२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बालेनको आलोचना गर्दै ओलीको टिप्पणी- दम्भ र घमण्डले मान्छेलाई बिगार्छ

२०८०, ८ आश्विन सोमबार १०:४४

असोज ८, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दम्भ र घमण्डले मान्छेलाई बिगार्ने टिप्पणी गरेका छन् । बागमती प्रदेश अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकामा मेयर बालेन शाहलक्षित यस्तो टिप्पणी गरेका हुन् ।

अभियन्ता भन्न रुचाउने इशान अधिकारी उर्फ ईः लगायतका केही युवाको धर्नामा छन् । त्यही प्रशंगलाई लिएर ओलीले युवाहरु १२५ घण्टादेखि उभिएर सत्याग्रह गरिरहेको अवस्थामा सरकार नपुगेको भन्दै आलोचना गरे ।

उनले भने, ‘सरकारले केही सोधेन एकजनाले जोसँग सम्बन्धित छ विषय तीनका नेताहरुसँग वार्ता गर्नुपर्ने ? तीनका नेता खोज्दै जानुपर्ने वार्ता गर्नुपर्ने ? आदि अभिव्यक्ति गर्या सुनें, दम्भ र घमण्डलेृ मान्छेलाई बिगार्छ । समस्या बल्झाएर कोही सफल हुँदैन ।’

‘अभियन्ता ईः’ को धर्नामा राजनीति जोडिएको आशंका गर्दै बालेनले तीनका नेताहरुसँग वार्ता गर्नुपर्ने भन्दै फेशबुकमा लेखेका थिए । यसबारे कांग्रेस महामन्त्री गगन थापाले बालेनसँग वार्ताको प्रयास गरेपछि बालेनको यस्तो टिप्पणी आएको थियो ।

ओलीले भने, ‘ती युवाहरु नगरप्रहरीको ज्यादतिविरुद्ध उभिएका हुन् । मैले यसो टेलिभिजनहरुमा हेर्छु । नगरप्रहरीको व्यवहार तमासा छ । सिट बजाउँदै आतंक मच्याउँदै कुदेका छन् । त्यसले समाधान हुँदैन । सडकमै बेच्नुपर्छ भन्ने छैन। विकल्प दिऔं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड