२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आज ईःलाई भेट्न पुगिन् काठमाडौँ महानगरकी उपमेयर डंगोल

२०८०, ९ आश्विन मंगलवार ०६:२३

असोज ९, काठमाडौँ | काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले राष्ट्रिय सभा गृह अगाडि ८ दिनदेखि उभिरहेका अभियन्ता ईःलाई भेटेकी छन् ।

आज बिहान राष्ट्रिय सभागृह अगाडि पुगेर उनले ईः लगायतका अभियन्तालाई भेटेकी हुन् । 

काठमाडौं महानगरपालिकाले चुनावी बाचा विपरीत वैकल्पिक व्यवस्था विना नै फुटपाथ व्यवसायीहरुलाई हटाएको विरोधमा ईः गत मंगलबारदेखि काठमाडौं राष्ट्रिय सभा गृह अगाडि उभिइरहेका छन् ।

अभियन्तालाई भेटेर उपमेयर डंगोलले फुटपाथबाट विस्थापित भएकाहरूलाई वैकल्पिक व्यवस्थासम्बन्धी नीति बनाउन प्रतिवद्ध रहेको बताइन् ।

उनले 'फुटपाथबाट विस्थापित भएकाहरुलाई वैकल्पिक व्यवस्थासम्बन्धी नीति बनाउन प्रतिवद्ध छ’ आफ्नो अधिकार सीमित रहेको भन्दै उनले अघि भनिन्, ‘आफ्नो ठाउँबाट पहल गर्छु ।’

उपमेयर डंगोलले अभियन्ता ईः को स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएकी थिइन् । लामो समयदेखि उभिएर विरोध जनाइरहेको ईःको खुट्टा सुन्निएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड