१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दशैँ, तिहारमा हुने कालोबजारी रोक्न बजार अनुगमन हुन्छ : मन्त्री रिजाल

९ आश्विन २०८०, मंगलवार ०९:०६

असोज ९, काठमाडौँ | उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले दशैँ र तिहारमा बजारमा हुने कृत्रिम अभाव र कालोबजारी रोक्न निरन्तर बजार अनुगमन गर्ने बताएका छन्।

आज मङ्गलवार नेपाल एलपी ग्यास उद्योग सङ्घको २८ औँ वार्षिक साधारणसभामा मन्त्री रिजालले यस्तो बताएको हो। उहाँले सरकारको तर्फबाट यस अवस्थामा ग्यास आपूर्तिको शृङ्खलालाई टुट्न नदिने र निरन्तर बजार अनुगमन गर्ने उल्लेख गरे ।

उनले भने , ‘आउँदै गरेको दशैँ र तिहारमा अन्य उपभोग्य वस्तुका साथै एलपी ग्यासको पनि बजारमा माग बढ्न जान्छ । यस्तो समयमा बजारमा कृत्रिम अभाव र कालाबजारीको पनि सम्भावना रहन्छ । सरकारको तर्फबाट यस अवस्थामा ग्यास आपूर्तिको शृङ्खलालाई टुट्न दिने छैन र निरन्तर बजार अनुगमन गरिनेछ ।’

मन्त्री रिजालले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न खनिज, ऊर्जालाई स्वच्छ एवम् नवीकरणीय ऊर्जाले विस्थापित गर्ने नीति लिएको पनि उल्लेख गरे । उहाँले जीवाश्म इन्धनको प्रयोगलाई बिस्तारै घटाउँदै जानुपर्ने अवस्था आइसकेको बताए । देशभित्र नवीकरणीय र हरित ऊर्जाको पर्याप्त उत्पादन भइनसकेको अवस्थामा एलपी ग्यास लगायत अन्य पेट्रोलियम पदार्थको आयातलाई तत्काल निषेध वा निरुत्साहित गर्न नसकिने उनको  भनाइ छ ।

रिजालले व्यावसायिक निष्ठा कायम राख्दै ग्यास उद्योगलाई मर्यादित, व्यवस्थित र सुरक्षित उद्योगको रूपमा विकास गर्न आग्रह गरे। सरकारले तोकेको सबैखाले मापदण्ड पूरा गर्न पनि उनको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन