१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अख्तियारको ट्र्याक रेकर्ड: सबैभन्दा ‘भ्रष्टाचारी’ मन्त्रालय संघीय मामिला, दोस्रोमा गरिबी निवारण

१५ आश्विन २०८०, सोमबार १२:१५

असोज १५, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रेकर्डअनुसार सबैभन्दा बढी भ्रष्टाचार हुने मन्त्रालय तथा निकाय अन्तर्गतको सूचीको पहिलो नम्बरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय देखिएको छ। 

अख्तियारले सोमबार राष्ट्रपतिसमक्ष बुझाएको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको तथ्यांकअनुसार सबैभन्दा बढी भ्रष्टाचार हुने स्थानीय तहसमेत समेटिएको संघीय मामिला मन्त्रालय देखिएको हो। अख्तियारले आर्थिक वर्ष २०७९/८० मा दायर गरेको कुल १६२ वटा मुद्दामध्ये ७१ वटा मुद्दा संघीय मामिला अन्तर्गतका रहेका छन्। संघीय मामिला अन्तर्गतका निकाय तथा कार्यालय र तीसँग सम्बन्धित कर्मचारीहरू भ्रष्टाचारमा संलग्न रहेको देखिएपछि मुद्दा दायर भएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए।


७१ वटा मुद्दामध्ये ६६ वटा मुद्दा स्थानीय तहसँग सम्बन्धित छन्। बाँकी ५ वटा मुद्दा मात्रै स्थानीय तहभन्दा बाहिरका रहेको पाइएको छ।

संघीय मामिलापछि दोस्रो बढी भ्रष्टाचार हुनेमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय देखिएको छ। यस मन्त्रालयअन्तर्गत गत आर्थिक वर्षमा १६ वटा मुद्दा दायर भएका छन्। प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय (भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय)अन्तर्गत ७ वटा मुद्दा दायर भएका छन्।

त्यसपछि गृह मन्त्रालय र प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय (कृषि तथा पशुपंक्षी विकास मात्र) अन्तर्गतका ५/५ वटा मुद्दा दायर भएका छन्। स्वाथ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग सम्बन्धित ४/४ वटा मुद्दा दायर भएको अख्तियारले जनाएको छ।

अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय, प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय (सिँचाई मात्र)अन्तर्गत समान ३/३ वटा मुद्दा दायर भएका छन्।

त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत समान २/२ वटा मुद्दा दायर भएको अख्तियारको रेकर्डमा उल्लेख छ।

वन तथा वातावरण मन्त्रालय, प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय (वन वातावरण मात्र) प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय (कृषि तथा पशुपंक्षी विकास बाहेक) युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय (कृषि तथा पुशपंक्षी विकास मात्र) र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत भने समान १/१ वटा भ्रष्टाचारको मुद्दा दायर भएको छ।

अन्य निकाय भनेर अख्तियारले २ वटा मुद्दा दायर गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित