१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

माओवादी छाडेर जनमत पार्टीमा पुगेका नेता कुशवाह नेकपा एमालेमा प्रवेश

१८ आश्विन २०८०, बिहीबार ०८:३७

असोज १८, काठमाडौँ | पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्र छाडेर जनमत पार्टीमा पुगेका बाराका नेता शिवचन्द्र कुशवाह नेकपा एमालेमा प्रवेश गरेका छन् । गत वैशाख १० गतेको उपनिर्वाचनमा माओवादी केन्द्र छाडेर सीके राउत नेतृत्वको जनमत पार्टीबाट बारा २ मा उम्मेदवार बनेका कुशावाह राउतमा राजनीतिक चरित्र नदेखिएको भन्दै केही समयअघि स्वतन्त्र बनेका थिए ।

कुशवाह बिहीबार एमाले केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूको उपस्थितिमा एमाले प्रवेश गरेका हुन् । उनलाई ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईलगायतका नेताहरूले स्वागत गरेका थिए ।


कुशवाहले अहिलेको माओवादीले जनयुद्धकालमा ठूलो आकार लिनुमा तत्कालीन एमालेकै कार्यकर्ताको देन रहेको भन्दै अब ती पूर्वएमालेहरूलाई माओवादीबाट एमालेमै फर्काउन अभियान चलाउनुपर्ने बताए । उनले आफू पनि जनयुद्ध अगाडि एमाले नै रहेकाले ३० वर्षपछि घर फर्किएको बताए ।

कुशवाह २०६४ सालमा बारा २ बाट संविधान सभा सदस्य निर्वाचित भएका थिए । उनी माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य थिए ।

कुशावाह उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवसँग झिनो मतले पराजित भएका थिए । निर्वाचनपछि केही समय जनमत पार्टीमा रहे पनि सीके राउतसँग सहमत हुन सकेनन् ।

एमालेमा प्रवेश गर्दै उनले आफू बारामा एमालेकै राजनीति गरेर आएकाले पूरानै घर सहज भएको र बारामात्र नभएर मधेशमै एमालेलाई पहिलो शक्तिबाट बहुमतमा लैजान पहल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित