१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

‘राजा’ शब्द प्रयोग भएकोमा संसद्‌मा सवालजवाफ, रेकर्डबाट हटाउन माग

१९ आश्विन २०८०, शुक्रबार ०७:३५

असोज १९, काठमाडौँ | प्रतिनिधि सभाको शुक्रबारको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजा शब्द प्रयोग गरेको भन्दै माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले रेकर्डबाट हटाउन माग गरेका छन्। 

लिङ्देनले केही सांसदहरुले पूर्वराजा ज्ञानेन्द्रका कारण लोकतन्त्र अप्ठ्यारोमा परेको भनेको कुरा खण्डन गर्दै जवाफ माग गरेका थिए। 


उनले भनेका थिए, ‘राजा ज्ञानेन्द्रको कुन त्यस्तो गतिविधि रहेछ जसले लोकतन्त्रलाई अवरुद्ध गरेको छ, म त्यसको जानकारी लिन चाहन्छु।’

लिङ्देनले राजा शब्द प्रयोग गरेको भन्दै उनी पछि बोल्ने माओवादी केन्द्रका सांसद दाहालले रेकर्डबाट हटाउन माग गरेका छन्। 

‘नेपालको संविधानले राजा चिन्दैन। भर्खरै एक जना माननीयले राजा भन्ने शब्द प्रयोग गर्नुभयो। यो संघीय लोकतान्त्रि गणतन्त्रात्मक मुलुक हो। तसर्थ राजा भन्ने शब्द रेकर्डबाट हटाइयोस् भन्ने माग राख्न चाहान्छु,’ दाहालले भनेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित