१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

चितवन आएर अर्थमन्त्रीले भने: ‘रिगलको विषमया मलाई केही थाहा छैन’

१९ आश्विन २०८०, शुक्रबार ०८:०४

असोज १९, काठमाडौँ | अर्थमन्त्री डा.प्रकाशशरण महतले हत्या आरोपमा दोषी ठहर भएका कांग्रेस कार्यकर्ता रिगल ढकाललाई आममाफि दिएको विषयमा आफूलाई थाहा नभएको स्पष्ट पारेका छन्।

नेपाल प्रेस यूनियन चितवनले शुक्रबार (आज) भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले ढकालको आममाफिको विषयमा बुझ्न नपाएको बताएका हुन्।


‘यस विषयमा मलाई केही थाहा भएन। गृह मन्त्रालयले के आधार बनाएर राष्ट्रपति कहाँ पुग्यो,’ सञ्चारकर्मीको प्रश्नमा जवाफ दिँदै अर्थमन्त्री महतले भने, ‘सबै नबुझि बोल्ने कुरा भएन मैले पनि बुझदै छु।’

फरक प्रसंगमा महतले अर्थतन्त्र सुधार उन्मुख भएको बताएका छन्। ‘विश्व बैंक, एडिभिको रिपोर्ट अनुसार २ दशमलव ५ प्रतिशत आर्थिक बृद्धिदरमा छौँ। यस आर्थिक वर्ष ४ प्रतिशत नाघ्ने प्रक्षेपण एडिभिले गरेको छ,’ उनले भने, ‘हाम्रो लक्ष्य ६ प्रतिशत आर्थिक वृद्धि गर्ने रहेको छ।’ आम नागरिकलाई सकरात्मक ढंगले हेर्नुपर्ने उनले बताए। देश बाहिर भनेजस्तो देशमा आर्थिक संकट नभएको उनले जिकिर गरे। ‘समस्या छ नभएको होइन। पहिला सहज रुपमा राष्ट्र बैंकले ऋण प्रवाह गर्‍यो। अहिले टाइट गर्‍यो। उत्पादन भएन। ठिक हो। तर त्यही कुरा देखाएर समग्र कुरा खराब छ भन्न मिल्दैन’ उनले भने।

निर्माण व्यवसायीले असार मसान्तसम्मको भुक्तानी नपाएको गुनासो गरेका छन् भन्ने सञ्चारकर्मीको प्रश्नमा अर्थमन्त्री महतले निर्माण व्यवसायीलाई नियमित रुपमा भुक्तानी भएको दाबी गरे। 'यो विषय गलत हो। हामीले असार समान्तसम्म ६०/७० अर्ब भुक्तानी गरेका छौँ। बाँकी ७ अर्बभन्दा छैन। तर यहाँ ६०/७० अर्ब नै तिरेको छैन भन्ने हल्ला हो, उनले भने, 'उहाँहरुसंग बसेर हिसाब गर्दा ७/८ अर्बभन्दा छैन।' दशैँ अगाडि बाँकी रकम सबै तिर्ने उनले बताए।  

उनले गठबन्धन भत्काउनका लागि एमालेले आधार हिन कुरा गरिरहेको उनले बताए। एमाले सरकारमा ओम्नी काण्डजस्ता ठुलठुला काण्ड भएको भन्दै यो सरकारले सुसान कायम राख्न महत्वपूर्ण भूमिका खेलेको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित