१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

फसेका नेपालीको उद्दार गर्न प्रधानमन्त्रीले इजरायली समकक्षीसँग कुरा गर्नुपर्छ: पदम गिरी

२१ आश्विन २०८०, आईतवार १०:३२

असोज २१, काठमाडौँ | नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले इजरायलमा फसेका नेपालीहरूको उद्दारमा ढिलाइ नगर्न सरकारको ध्यानाकर्षण गरेको छ। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले इजरायल-गाजा आक्रमणको चपेटामा परेका नेपालीहरूको तत्काल उद्दारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले त्यहाँका समकक्षीसँग तत्काल संवाद अघि बढाउनुपर्ने बताए।

उनले भने,'सरकारले एउटा विज्ञप्ति जारी गरेर पुग्दैन,संसदमा जानकारी गराएर हुँदैन। देशको प्रधानमन्त्रीले त्यहाँका समकक्षी बेन्जामिन नेतान्यूसँग नेपालीको सुरक्षा र उद्दारका लागि संवाद गर्नुपर्छ।'

उनले नागरिकको अभिभावक सरकार रहेको भन्दै आपत परेको बेला सरकार छ भन्ने अनुभूति दिलाउनुपर्ने बताए।  एमाले सांसद गिरीले नेपाली जनताको उद्दारका लागि यूएन महासभाको बैठकमा कुरा उठाउनुपर्ने बताए। उनले भने,'अहिले युएनको बैठक चलिरहेका छन्। बैठकमा नेपाली जनताको रक्षा,उद्दार र सहयोगका लागि ध्यानाकर्षण गराउनुपर्यो। नेपाली दाजुभाइ तथा दिदीबहिनीको जीवन रक्षाका लागि लाग्नुपर्यो।'

उनले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीहरूको लागि छिमेकी मित्र राष्ट्रहरूसँग समन्वय गरेर नेपाल ल्याउनका लागि प्रबन्ध गर्नुपर्नेमा जोड दिए।  रोजगारीको शिलशिलामा हजारौँ र अध्ययन गर्न सयौँको संख्यामा नेपालीहरू इजरायल पुगेका भन्दै उनले उनीहरूले आफ्नो जीवन रक्षाका लागि गरेको अपिलमा सरकार गम्भिर भएर लाग्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड