१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मलेसिया जाँदा बायोमेट्रिक किन चाहियो- सांसद खान

२१ आश्विन २०८०, आईतवार १०:४६

असोज २१, काठमाडौँ | जनमत पार्टीका सांसद अब्दुल खानले वैदेशिक रोजगारीका लागि मलेसिया जाँदा बायोमेट्रिक गर्नुपर्ने व्यवस्था हटाउन माग गरेका छन् । 

आइतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खानले अरु देशमा जाँदा बायोमेट्रिक नचाहिने भएपनि मलेसिया जाँदा किन बायोमेट्रिक चाहिएको हो भन्दै त्यसको जवाफ सरकारले दिनुपर्ने बताए । उनले बायोमेट्रिक गर्दा कम्तिमा प्रतिव्यक्ति ९ हजार ८०० खर्च हुने गरेको भन्दै बायोमेट्रिक आवश्यक नभएको धारणा राखे । उनले शुन्य लागतमा विदेश पठाउने कुरामा पनि नियमन हुनुपर्ने बताए । 

उनले भने, ‘अन्य देशमा जाँदाखेरी बायोमेट्रिक नचाहिने, तर मलेशिया जाँदाखेरी बायोमेट्रिक किन चाहिने ? म यो प्रश्न श्रममन्त्रीजीलाई गम्भिरतापूर्वक राख्न चाहान्छु । किनभने एकजना व्यक्तिले बायोमेट्रिक गर्दाखेरी कम्तिमा ९ हजार ८०० खर्च गर्नुपर्ने हुन्छ । यो किन चाहियो ? म स्पष्ट जवाफ माग गर्न चाहन्छु । अहिले शुन्य लागतको नाममा विदेश पठाइन्छ, तर कारणबश त्यहाँबाट फर्किने भयो भने उजुरी गर्दा क्षतिपूर्ति पाइदैनँ । पहिला ८० हजार पाउँथे । शुन्य लागतको कुरालाई एकदम स्पष्ट रुपमा कुन कम्पनिले, कसरी अन्तर्वाता लिने, अन्तर्वातामा को–को बस्ने ? र कसरी पास गर्ने यो नियमन गर्नुपर्छ ।’

उनले विदेशबाट कारणवश फर्किनुपर्दा क्षतिपूर्ति पनि नपाइने गरेको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित