२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिंहदबारभित्र कटहरियाका मेयर अजय प्रकाश र दीपककुमार दुबेबीच हात हालाहाल

२०८०, २३ आश्विन मंगलवार १०:१७

असोज २३, काठमाडौँ | देशको प्रमुख प्रशासनिक केन्द्र हो, सिंहदरबार । यही सिंहदरबारमा देशभरका जनप्रतिनिधि आ–आफू अनुकुलका कर्मचारीको माग गर्दै आउने गर्छन् । यस्तै रौतहटको कटहरिया नगरपालिकाका प्रमुख अजय प्रकाश पनि प्रमुख प्रशासकीय अधिकृतको विषय लिएर सिंहदरबार पुगे ।

सिंहदबारभित्र रहेको नेपाली कांग्रेस संसदीय दलको चमेना गृहमा कटहरिया नगर प्रमुख प्रकाश र  कटहरिया नगरपालिकाका वडा ५ का स्थानिय दीपक कुमार दुबेबीच प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर हातहालाको अवस्था सृजना भयो ।  नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कसलाई लैजाने भन्ने विषयमा विवाद हुँदा उनीहरुबीच हातहालको अवस्था सृजना भएको हो ।

सामान्य प्रशासन मन्त्रालय कर्मचारी महाशाखाको सहसचिव सुमन दाहालसँगको छलफलमा नगर प्रमुख प्रकाशलले वरिष्ठ कर्मचारी छाडेर पाँचौं तहको कमर्चारीलाई निमित्त रुपमा निर्णय गराउन चाहेको र अन्य कार्यपालिका सदस्यले मेयरको  प्रस्तावलाई अस्वीकार गरी नगरपलिकाको वरिष्ठ कर्मचारीलाई नै निमित्तको जिम्मेवारी दिनुपर्ने भन्ने विषयले विवादले हुँदा उनीहरुबीच हातहालाको अवस्था आएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाहिर दुवै पक्षबीच भनाभन सुरु भएको थियो ।

कांग्रेसबाट निर्वाचित मेयर अजय प्रकाशले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट नगरपालिकामा कार्यरत पाँचौं तहका कबिर देवानलाई निमित्तको रुपमा लैजान चाहेका थिए । तर, दुबेले सोही पालिकामा अरु नै वरिष्ठ रहेको हुँदा देवानलाई निमित्त दिनुहुन्न भन्ने विषयमा अडान लिए । दुवैबीचको अडानल  विवाद सुरु भएको हो ।


विवाद चर्किंदै जाँदा हात हालाहालको अवस्थामा मेयरले ज्यान मार्ने गरी दीपक कुमार दुबेको करिब ३० सेकेन्ड जाती घाँटी न्याँक्दा त्यहाँ रहेका व्यक्तिले उनीहरुलाई छुट्याएका थिए ।

यो घटना यतिकैमा रोकिएन । नेपाली कांग्रेस संसदीय दलको चमेना गृहमा फेरि दुवै पक्षबीच  पुनः भनाभन र हात हालाहाल भएपछि सिंहदरबार प्रहरी सुरक्षा गणको प्रहरी निरीक्षक टोलीले दुवै पक्षलाई नियन्त्रण लिई छलफलका लागि लागेका थिए ।

दीपक कुमार दुबेले भने, ‘सिंहदरबारभित्र नै असुरक्षित छ ? प्रमुखज्यूले मेरो ज्यान मार्ने प्रयास सिंहदरबारभित्र नै गर्नु भयो । सिंहदरबार कति सुरक्षित छ ? उहाँसँग रहेका नगरपालिकाका कर्मचारी सुरेन्द यादव र कबिर देवानले मेरो हात समाते र मेयर अजय प्रकासले मेरो घाँटी न्याँक्के । धन्न त्यहाँ अरु पनि थिए र मलाई उद्धार गरे । नत्र त्यहाँ जे पनि हुन्थ्यो । सिंहदरबार कति सुरक्षित छ?’

यता नगरप्रमुख अजय प्रकाशले दीपक कुमार दुबे नगरपालिकाको व्यक्ति नभएको दाबी गर्छन् ।  ‘कटहरिया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कसलाई लैजाने भन्ने विषयमा उनलाई कुनै मतलब बिषय थिएन । तर, उनी जबरजस्ती आफैं विवाद गर्न आए,’ उनले भने, ‘हो, हामीबीच विवाद चर्किंदै जादा हात हालाहाल भएको । तर, यसको सुरु दुबेले गरे । उनले आफुसंग भएको होलमेटले मलाई आक्रमणको प्रयास गरेपछि मेलै प्रतिवाद गरेको हुँ ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने