२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राहुल महराको इन्कारी बयान: भेपभित्र सुन रहेको कुरा मिडियामा आएपछि मात्रै थाहा पाएँ

२०८०, २४ आश्विन बुधबार ०७:०६

असोज २४, काठमाडौँ | विद्युतीय सिगरेट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा माओवादी नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महराले इन्कारी बयान दिएका छन् ।

चिनजानका चिनियाँ नागरिकको भेप भन्सारले समातेपछि त्यसबारे बुझ्न अधिकारीहरुलाई फोन गरेको उनले स्वीकारेका छन्, तर सुन तस्करीमा संलग्नता भने अस्वीकार गरेका छन् । उनले भेपभित्र सुन रहेको कुरा समेत मिडियामा आएपछि मात्रै थाहा पाएको भनेका छन् ।

सरकारी वकिलको रोहबरमा प्रहरीसँग दिएको बयानमा उनले पुरानो चिनजान भएका साथी चिनियाँ नागरिक दाओजिन वाङले अनुरोध गरेपछि तत्कालीन भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई फोन गरेको बताएका छन् ।

जिल्ला अदालत, काठमाडौंमा दर्ता अभियोग पत्रमा समावेश बयानमा उनले भनेका छन्, ‘साथीको भेप त्रिभुवन विमानस्थल एयरपोर्टमा रोकिएको छ, के भएको हो निकाल्न मिल्छ, मिल्दैन बुझिदिनुपर्‍यो भनेर अनुरोध गरेकाले मैले प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई फोन गरेर के भएर रोकिएको हो भनेर सोधपुछ गरेको थिएँ ।

त्यसक्रममा श्रेष्ठले भेप जफत भएको भन्दै भन्सार तिरेर पनि फिर्ता गर्न नमिल्ने बताएको उनले भनेका छन् । उनले भनेका छन्, ‘श्रेष्ठले त्यसबेला लिलामी प्रक्रिया अगाडि बढ्छ भनेर मलाई भनेका थिए, त्यसपछि पनि मलाई दाओजिन वाङले पटकपटक फोन गरेर भेपको के भइरहेको छ बुझिदिनु प¥यो भन्ने गरेका थिए ।’

करिब दूई हप्ता पछाडि भन्सारमा नै गएर बुझिदिनु पर्‍यो भनेरकाले ‘के भएको रहेछ बुझौं न त’ भनेर विमानस्थल जाँदा भन्सार कार्याल्य अगाडि वाङ, उनका सवारी चालक लोकेन्द्र कुमार पौडेल र नचिनेको दूई चिनियाँ नागरिकसँग भेट भएको उनले बताएका छन् ।

त्यसपछि आफू, पौडेल र तिब्बतियन जस्तो देखिने नेपाली बोल्न जाने एक व्यक्ति समेत गरेर तीन जना विमानस्थलका प्रमुख भन्सार प्रशासक अरुण पोखरेलको कार्यकक्षमा पुगेको उनले बताएका छन् ।

पोखरेललाई पनि जफत भएको भेप के गर्न सकिन्छ भनेर कुराकानी हुँदा श्रेष्ठले जस्तै जवाफ दिएको उनले बताएका छन् । उनले भेपको विषयलाई लिएर कार्यालयमा ६÷७ पटक गएर छुटाउनका लागि दबाब दिने काम नगरेको दाबी गरेका छन् ।

साथै, बुबाले पोखरेललाई फोन गरेर सहयोग गरिदिनु भनेको पनि आफूलाई थाहा नभएको उनले दाबी गरेका छन् ।

१० पुसमा आएको दुई वटा सुटकेशभित्र रहेको विद्युतीय चुरोट भेपभित्र सुन भएको कुरा पनि आफूले मिडियामा पढेपछि मात्रै थाहा पाएको राहुलको बयान छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल