२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संसदमा रविको कटाक्ष- छिमेकी प्रधानमन्त्री हाम्रो भू-भागभित्र आउँदा खोइ स्वागत ?

२०८०, २५ आश्विन बिहीबार ०८:२८

असोज २५, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाली भूमिमा आएकोबारे सरकारको धारणा माग गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै छिमिकी मुलुकको प्रधानमन्त्री आउँदा सरकारले किन औपचारिक कार्यक्रम नराखेको ? भन्दै प्रश्न गरे ।


उनले भने, ‘छिमेकी राष्ट्रका प्रधानमन्त्री हाम्रो भू-भागमा आउनुभएको रहेछ । छिमेकी राष्ट्रको प्रधानमन्त्री आउँदा न सरकारको कुनै स्वागत गरेको छ । न देशलाई जानकारी गराएको छ । यत्रो ठूलो भ्रमण । कुटी, गुन्जी चुच्चे नक्साभित्रै पर्छ । यसको आधिकारिकताका लागि हामीले त्यहाँ प्रमुख जिल्ला अधिकारीसँग कुरा गर्दा हामीले थाहा पायौं हामी जान पाउँदैनौं भन्नुभयो ।

सरकार र परराष्ट्रमन्त्रीलाई सोध्न चाहन्छु छिमेकी राष्ट्रका प्रधानमन्त्रीको भ्रमणबारे सरकारले सदन र जनतालाई जानकारी गराउनु पर्दैन ? छिमेकी राष्ट्रको सरकारप्रमुख हाम्रो भूमिका आउँदा सरकारले स्वागत गर्नुपर्दैन ? त्यसको औपचारिकता हुँदैन । त्यसबारे सरकारले जानकारी गराउनुपर्‍यो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड