२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

इजरायलमा फसेका बाँकी नेपाली पनि छिट्टै फर्काउँछौंः मन्त्री साउद

२०८०, २६ आश्विन शुक्रबार ०५:५२

असोज २६, काठमाडौँ | परराष्ट्र मन्त्री एनपी साउदले इजरायलमा फसेका बाँकी नेपालीलाई पनि छिट्टै फर्काइने बताएका छन्।

इजरायलमा फसेका ५०३ जना नेपाली विद्यार्थीमध्ये २५४ जनालाई लिएर स्वदेश फर्केपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले बाँकी रहेका २४९ जनालाई पनि छिट्टै नेपाल फर्काउने विषयमा सरकार लागिपरेको बताए।


उनले युद्धग्रस्त क्षेत्र बनेको इजरायलमा रहेका ४ हजार ५ सय नेपालीमध्ये ५०३ जनाले मात्रै नेपाल फर्किनका लागि नाम दर्ता गराएको जसमा २५४ जनालाई नेपाल फर्काउन सफल भएको भन्दै बाँकी रहेका २४९ जनालाई आवश्यकता अनुसार छिट्टै नेपाल फर्काइने बताए।

उनले नेपाल आउनलाई नाम दर्ता गराएका बाँकी नेपालीलाई कहिले ल्याउने भन्ने विषयमा सरकारले निर्णय गर्ने पनि बताए। साथै इजरायलमा बेपत्ता रहेका नेपालीको खोजीका लागि नेपाल सरकारले इजरायल सरकारलाई गम्भीर ध्यानाकर्षण गराएको पनि उनले जानकारी दिए।

सरकार इजरायलमा फसेका नेपालीलाई स्वदेश फर्काउन गम्भीर रहेको तर, इजरायलको अवस्था भयावह भएको हुँदा केही समस्या भइरहेको भन्दै मन्त्री साउदले इजरायल सरकारसँगको समन्वयमा त्यहाँ रहेका २४९ जनालाई पनि छिटै सकुसल ल्याइने बताए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल