३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

नेविसंघद्धारा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना

२० आश्विन २०७३, बिहीबार ०५:०९

जितेन्द्र भण्डारी/असोज २०, पाँचथर । नेपालीहरुको महानपर्व विजयादशमी तथा शुभ दीपावलीको अवसर पारेर नेविसंघले आज पाँचथर सदरमुकाम फिदिममा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।

पाटी कार्यालयमा आयोजित उक्त कार्यक्रममा वोल्दै नेपाली काग्रेस पाँचथर जिल्ला सभापति नरेन्द्र कुमार केरुङले अहिलेको यो वडादशैँ तथा शुभदीपावलीको शुभकामना दिँदै यस्ता चाडपर्वले आपसमा सद्भाव र भाइचारा कायम गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो,“ विगत वर्षहरुमा पाटीले नै शुभकामना आदान प्रदान कार्यक्रम गर्ने गरेको भएतापनि पूर्वप्रधानमन्त्री तथा पाटी सभापति शुशिल कोइरालाको निधन भएको हुँदा यो कार्यक्रम पाटीले नगरेको हो ।”

यस्तै कार्यक्रममा वोल्दै उहाँले अहिलेको संविधान कार्यान्वयनका लागि सवै राजनितीक दलहरु जिम्मेवारपूर्ण ढंगबाट लाग्नुपर्ने वताउनुभयो । यस्तै अव चाँडै आयोगले स्थानिय तहको संख्या निर्धारण गरी चुनावको वातारण सिर्जना गर्ने विश्वासस ब्यक्त गर्नुभयो । 

कार्यक्रममा वोल्दै पाटी  जिल्ला सचिव रुपनारायण जवेगुले अहिलेको चाडपर्वले संविधान कार्यान्वयनमा थप बल पुग्न प्रेरिरत गर्ने धारणा ब्यक्त गर्नुभयो । कार्यक्रममा पाटीका भातृभँगिनी संठनका पदाधिकारी, लगायत संचारकर्मीको सहभागिता रहेको थियो ।

यस्तै प्रजातान्त्रिक आन्दोलनका सेनानी चन्द्रशेर आङदेम्बेकोको आज निधन भएको प्रति पाटीले समवेदना प्रकट गरेको छ । नेविसंघ जिल्ला अध्यक्ष तुलसी आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव धनकुमार लावतीले संचालन गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ