महेन्द्र केसी, असोज २० पर्वत । नेपाल प्रहरीको स्थापना भएको अबसरपारी देशभर प्रहरी दिवस मनाइएको छ । समाजको चौतारी छ राष्ट्रको छहारी, नागरिक सुरक्षा नै हाम्रो जिम्मेवार भन्ने नाराका साथ देशभर ६१ औं प्रहरी दिवस मनाइएको हो । दिवसको अबसरमा प्रहरी मातहतमा रहेका अंचल एवं क्षेत्रीय "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी, असोज २० पर्वत । नेपाल प्रहरीको स्थापना भएको अबसरपारी देशभर प्रहरी दिवस मनाइएको छ । समाजको चौतारी छ राष्ट्रको छहारी, नागरिक सुरक्षा नै हाम्रो जिम्मेवार भन्ने नाराका साथ देशभर ६१ औं प्रहरी दिवस मनाइएको हो । दिवसको अबसरमा प्रहरी मातहतमा रहेका अंचल एवं क्षेत्रीय "/>
६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

६१ औ प्रहरी दिवस देशभर मनाइयो

२० आश्विन २०७३, बिहीबार १३:०९

महेन्द्र केसी, असोज २० पर्वत । नेपाल प्रहरीको स्थापना भएको अबसरपारी देशभर प्रहरी दिवस मनाइएको छ । समाजको चौतारी छ राष्ट्रको छहारी, नागरिक सुरक्षा नै हाम्रो जिम्मेवार भन्ने नाराका साथ देशभर ६१ औं प्रहरी दिवस मनाइएको हो । दिवसको अबसरमा प्रहरी मातहतमा रहेका अंचल एवं क्षेत्रीय प्रहरी, जिल्ला प्रहरी लागयतका प्रहरी कार्यालयमा यो दिवस मनाइएको हो ।
प्रहरी दिवसको अबसरमा जिल्ला प्रहरी कार्यालय पर्वतले पनि विभिन्न कार्यक्रमको आयोजना गरी प्रहरी दिवस मनाएको छ । दिवसको विरगती प्राप्त गरेका अमर प्रहरीको सम्झना उक्त दिवस मनाइएको बताइएको छ । नेपाल प्रहरीको सेवामा लागेर देश र जनताको लागि शान्ति सुरक्षा कायम गदागर्दै विरगती प्राप्त गरेका प्रहरीको सम्झनामा उक्त दिवस मनाइएको हो । सोही अबसरमा जिल्ला प्रहरी कार्यालयमा रहि उत्कृष्ठ सेवा प्रदान गरेका ८ प्रहरीलाई सम्मान समेत गरिएको छ ।
सम्मानित हुनेमा प्रहरी सहायक निरिक्षक भोजबहादुर गुरूङ, प्रहरी हवल्दार भक्त बहादुर पुन , हरी बहादुर थापा, प्रहरी जवान मिनबहादुर लामा, दुग्ध लाल श्रेष्ठ, श्याम कुमार श्रेष्ठ, निर्मल गाहा र रेशम बहादुर क्षेत्रीलाई सम्मान गरिएको थियो । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीको आथित्यतामा भएको उक्त कार्यक्रममा बोल्दै मरासिनीले देशको शान्ति सुरक्षाको लागि प्रहरीले खेलेको भुमिकाको प्रशंसा गरे । उनले पर्वत जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन, घरेलुहिंसा तथा अपराध नियन्त्रणको लागि पछिल्लो समयमा प्रहरीले देखाएको जागरुकताको प्रशंसा गरे ।
प्रहरी नायव उपरिक्षक शेखर खनालले जिल्लाको शान्ति सुृरक्षा व्यवस्थापनको लागि प्रहरी लागि परेको बताए । उनले जिल्लामा शान्ति स्थापनार्थ फारर रहेका अभियुक्त पक्राऊ, लागुऔषध गाँजा तथा घरेलु मदिरा नियन्त्रण तथा सचेतनाका कार्यक्रम गरी प्रहरी र नागरिकविचको सम्बन्धमा निकटता ल्याउने काम भैरहेको बताए । खनालले जिल्लामा ३ सय २० फरार अभियुक्तमध्ये १५ दिनको अन्तरालमा ३८ फरार अभियुक्त पक्राउ गरी अदालतमा बुझाएको र अन्य प्रहरीको पनि खोजी कार्य भएको उनले बताए ।
कार्यक्रममा सशस्त्र प्रहरी वल चण्डिका गणका गणपति सुदर्शन प्रसाद सिलवाल, नेपाली सेनाका सहसेनानी दिपेन्द्र श्रेष्ठ, उधोग वाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछाने, पुर्व प्रहरीको तर्फवाट थमन बहादुर क्षेत्री, अमर प्रहरीको तर्फवाट मेनका लामगादे लगायतले बोलेका थिए । कार्यक्रमको संचालन प्रहरी निरिक्षक दिपक पातलीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति