१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

छोरीलाई २५० करोडको बंगला उपहार दिँदै रणवीर-आलिया

१८ चैत्र २०८०, आईतवार ०८:०९

चैत १८, काठमाडौँ । बलिउड अभिनेता रणवीर कपुरले आफ्नी छोरी राहा कपुरलाई झण्डै दुई सय ५० करोड भारतीय रुपैयाँ पर्ने बंगला उपहारमा दिने भएका छन्।

बलिउड लाइफलाई उल्लेख गर्दै हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारका अनुसार मूल्यका हिसाबले यो बंगला बलिउडका महानायक अमिताभ बच्चनको 'जल्सा' र शाहरूख खानको 'मन्नत' बंगला भन्दा पनि महँगो हो।


छोरीलाई उपहार दिने यो बंगलामा रणवीर र आलियाको बराबर लगानी रहनेछ। आमा नितु कपुरको साथमा रणवीर तथा आलिया हाल निर्माणधीन रहेको मुम्बईस्थित बान्द्रामा रहेको यो बंगलामा देखिएपछि यसको खुलासा भएको हो।

यो उपहार पाएसँगै रणवीर-आलियाकी एक वर्षीया छोरी बलिउडकी सबैभन्दा कम उमेरकी धनी सन्तान बन्ने समाचारमा उल्लेख छ। भारतको कानुन अनुसार यसरी उपहार दिइएको सम्पतिमा कुनै कर लाग्दैन तर यसबाट आय हुन तालेमा भने कर तिर्नुपर्छ।

यो बंगलामा राहासँगै उनी हजुरआमा नितु कपुरसमेतको हिस्सा रहनेछ। रणवीर-आलियाको यो बंगला बनिरहेको बान्द्र क्षेत्रमा करिव ६० करोड भारु बढि मूल्य पर्ने चार वटा फ्ल्याट रहेको छ।

नितुले हालैमात्र यही क्षेत्रमा १५ करोड भारुमा आफ्ना लागि एउटा घर किनेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह