१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

तीन दलबीच एकीकरणको घोषणा, बन्यो राष्ट्रिय मातृभूमि पार्टी

१८ चैत्र २०८०, आईतवार ११:१३

चैत १८, काठमाडौँ । तीन दलबीच एकीकरणको घोषणा भएको छ।

नेपाल आमा पार्टी, नयाँ पार्टी नेपाल र नेपाल सुशासन पार्टीबीच एकीकरणको आइतबार घोषणा भएको हो।

यी तीन दल मिलेर नयाँ पार्टी गठन गरेका छन्। पार्टीको नाम- राष्ट्रिय मातृभूमि पार्टी छ।

काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरूले एकीकरणको घोषणा गरेका हुन्। उनीहरूले गत फागुन २३ गते नै निर्वाचन आयोगबाट नयाँ दल (राष्ट्रिय मातृभूमि पार्टी) दर्ताको प्रमाण पत्र लिइसकेको बताएका छन्।

जनतान्त्रिक शासन व्यवस्थाको माध्यमद्वारा सुशासन र समावेशी सिद्धान्तका आधारमा समृद्ध, समतामूलक र न्यायपूर्ण समाजको निर्माण गरी सुविधाराज्य स्थापना गर्ने पार्टीको दूरदृष्टि रहेको घोषणा कार्यक्रममा जानकारी गराइएको थियो।


पार्टीको लक्ष्य जनकल्याणकारी राज्य व्यवस्थाको स्थापना गर्ने, राष्ट्रिय सद्भाव र एकता अक्षुण्ण राख्ने, विद्यमान आर्थिक एवं अन्य असमानताको अन्त्य गर्न सबै नागरिकमा समान अवसर र पहुँच पुयाई समवादमा पुग्ने रहेको छ।

राष्ट्रिय मातृभूमि पार्टी नेपालले शासकीय स्वरुप प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री उपयुक्त हुने धारणा अगाडि सारेको छ। पार्टीको चुनाव चिन्ह तीन तारासहित काखमा बच्चा लिएकी आमा रहेको छ। यो पार्टीको अध्यक्ष रामशरण पाण्डे छन्। उनले देशमा विकृति र भ्रष्टाचार बढेको बताए।

वरिष्ठ उपाध्यक्ष रोमलाल गिरीले नयाँको नाममा उदाएको दलहरुले केही काम गर्न नसकेको बताए। राष्ट्रिय मातृभूमि पार्टी देशभक्त दलको रुपमा स्थापित हुने उनको दाबी छ।

कार्यक्रममा हालै रास्वपाबाट आबद्धता टुंग्याएका रमेश खरेलले राष्ट्रिय मातृभूमि पार्टीका नेताहरुलाई स्वच्छ मनले देशको उद्धार गर्न आग्रह गरेका थिए। उनले राष्ट्रिय मातृभूमि पार्टीमा आफू भने आबद्ध नरहेको बताएका थिए। उनले आफू अहिले भ्रष्टाचार विराधी अभियानमा रहेको बताए। उनले आफू सुशासन पार्टीमा पनि नरहेको बताएका थिए।

कार्यक्रममा राष्ट्रिय मातृभूमि पार्टीका उपमहासचिव लक्ष्मीदत्त भट्ट, उपाध्यक्षहरु, राजकुमार यादव, टुलराज बस्याल, अनिता श्रेष्ठ रामकृष्ण ढकाल, महासचिव गोविन्द गिरी, सचिवहरु यज्ञराज बस्याल, खगेन्द्र बस्नेत, मनिराम लामिछाने, इन्द्रनारायण न्हुँच्छे, तेजेन्द्रकुमार प्रसाईं, सहसचिवहरु रामकुमार राई, लक्ष्मण फुयाल लगायतको उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह