१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बागमतीका मुख्यमन्त्री जम्कट्टेलको संकट बढ्यो !

१८ चैत्र २०८०, आईतवार ११:५९

चैत १८, हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल संकटमा परेका छन् । सत्ता घटक दल एकीकृत समाजवादीले यथास्थितिमा विश्वासको मत नदिने निष्कर्ष निकालेपछि मुख्यमन्त्री जम्कट्टेल संकटमा परेका हुन् ।

यसअघि हाम्रो नेपाली पार्टीलाई सरकारमा ल्याएर विश्वासको मत पाउने निश्चित भएकोमा अब एकीकृत समाजवादीले सती प्रदेशमा भागबन्डा खोज्दै बागमती सरकारलाई विश्वासको मतको पक्षमा नउभिने निर्णय गरेको हो । एकीकृत समाजवादीका संसदीय दलका नेता कृष्ण शर्मा खनालले समान सहभागिता हुने सुनिश्चितता नभएको भन्दै विश्वासको मत नदिने पक्षमा आफूहरु उभिन बाध्य भएको बताएका छन् ।


हाम्रो नेपाली पार्टी सरकारमा सामेल भएपनि पार्टीले निर्णय नगरेको भन्दै विवाद भएको छ ।

मुख्यमन्त्री जम्कट्टेलले सोमबार १ बजे प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची छ । उनलाई बहुमतका लागि ५६ मत आवश्यक पर्छ । प्रदेशसभामा एमालेको २७, माओवादी केन्द्र २१, एकीकृत समाजवादीका ७, हाम्रो नेपाली पार्टीको २ मत छ ।

एकीकृत समाजवादीले विश्वासको मत नदिएमा जम्कट्टेलले विश्वास मत गुमाउछन् ।

प्रदेशमा नेपाली कांग्रेसका ३७, राप्रपाका १३ र नेपाल मजदुर किसान पार्टीका ३ सांसद रहेका छन् ।  तिनै दलले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।

यसैबीच नयाँ सत्ता समीकरणमा रहेका दलका शिर्ष नेताहरुबीच बागमती प्रदेशको विषयमा छलफल गर्न बैठक बसेपनि अनिर्णित भएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सात प्रदेश मध्ये एक प्रदेशमा नेतृत्व पाउनुपर्ने, सबै प्रदेशमा सम्मानजनक सहभागिता पाउनु पर्ने, सबै राजनीतिक नियुक्तिमा सम्मानजनक भाग पाउनुपर्ने माग राखेको बताइएको छ । उनले भागबण्डा स्पष्ट नभए बागमतीमा विश्वासको मत दिन एकीकृत समाजवादी बाध्य नहुने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह