१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राजेन्द्र पाण्डेको प्रश्न- ‘प्रधानमन्त्रीले मन्त्रीहरूलाई आफूखुसी मन्त्रालय चलाउने छुट दिनुभएको हो?’

२० चैत्र २०८०, मंगलवार ०७:१०

चैत २०, काठमाडौँ । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले शिक्षामन्त्री सुमना श्रेष्ठले भइरहेका निजामती कर्मचारीलाई अविश्वास गरी बाहिरबाट प्रशिक्षार्थी (इन्टर्न) ल्याउने निर्णय गरेकोमा प्रश्न उठाएका छन्। 

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले शिक्षा मन्त्रीको मन्त्रीस्तरीय निर्णयबाट ७४ हजार कर्माचारीमाथि कस्तो प्रभाव पर्ला भन्ने प्रश्न पनि गरे।


‘शिक्षा मन्त्रीले भइरहेका कर्मचारीलाई अविश्वास गरी बाहिरबाट प्रशिक्षार्थीका रूपमा भर्ना गर्दै ल्याउनु हुँदा ७४ हजार निजामती कर्मचारीमाथि कस्तो प्रभाव पर्ला, सरकारले सोचेको छ?,’ उनले प्रश्न गरे, ‘के हेर्नु भएको छ देशका प्रधानमन्त्रीले?’

उनले मन्त्रीहरूलाई आफूखुसी मन्त्रालय चलाउने छुट प्रधानमन्त्रीले दिएको हो भन्ने प्रश्न पनि गरेका थिए। ‘जे मनलाग्यो त्यही निर्णय गर्न पाइन्छ? यी सित्तिमै काम गर्न आउने मान्छे हो कि होइनन्?,’ उनले भने, ‘आज शिक्षामन्त्रीले गरेजस्तै भोलि गृहमन्त्रीले मेरो मातहतका पुलिसले सहयोग गरेनन्, छुट्टै प्रशिक्षार्थी पुलिस भर्ना गर्छु भन्ने कि नभन्ने? त्यस्तै रक्षा मन्त्रीले अहिलेका सेनाले काम गरेनन् छुट्टै प्रशिक्षार्थी सेना भर्ना गर्छु भन्न पाउने कि नपाउने?’

उनले शिक्षा मन्त्रीले यसबारेमा संसदमा जबाफ दिनु जरूरी रहेको पनि बताए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह