२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राजेन्द्र पाण्डेको प्रश्न- ‘प्रधानमन्त्रीले मन्त्रीहरूलाई आफूखुसी मन्त्रालय चलाउने छुट दिनुभएको हो?’

२०८०, २० चैत्र मंगलवार ०७:१०

चैत २०, काठमाडौँ । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले शिक्षामन्त्री सुमना श्रेष्ठले भइरहेका निजामती कर्मचारीलाई अविश्वास गरी बाहिरबाट प्रशिक्षार्थी (इन्टर्न) ल्याउने निर्णय गरेकोमा प्रश्न उठाएका छन्। 

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले शिक्षा मन्त्रीको मन्त्रीस्तरीय निर्णयबाट ७४ हजार कर्माचारीमाथि कस्तो प्रभाव पर्ला भन्ने प्रश्न पनि गरे।


‘शिक्षा मन्त्रीले भइरहेका कर्मचारीलाई अविश्वास गरी बाहिरबाट प्रशिक्षार्थीका रूपमा भर्ना गर्दै ल्याउनु हुँदा ७४ हजार निजामती कर्मचारीमाथि कस्तो प्रभाव पर्ला, सरकारले सोचेको छ?,’ उनले प्रश्न गरे, ‘के हेर्नु भएको छ देशका प्रधानमन्त्रीले?’

उनले मन्त्रीहरूलाई आफूखुसी मन्त्रालय चलाउने छुट प्रधानमन्त्रीले दिएको हो भन्ने प्रश्न पनि गरेका थिए। ‘जे मनलाग्यो त्यही निर्णय गर्न पाइन्छ? यी सित्तिमै काम गर्न आउने मान्छे हो कि होइनन्?,’ उनले भने, ‘आज शिक्षामन्त्रीले गरेजस्तै भोलि गृहमन्त्रीले मेरो मातहतका पुलिसले सहयोग गरेनन्, छुट्टै प्रशिक्षार्थी पुलिस भर्ना गर्छु भन्ने कि नभन्ने? त्यस्तै रक्षा मन्त्रीले अहिलेका सेनाले काम गरेनन् छुट्टै प्रशिक्षार्थी सेना भर्ना गर्छु भन्न पाउने कि नपाउने?’

उनले शिक्षा मन्त्रीले यसबारेमा संसदमा जबाफ दिनु जरूरी रहेको पनि बताए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा