१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आयरल्यान्ड वुल्भ्सबिरुद्द नेपालको खराब प्रर्दशन, गुमायो ५ विकेट

२१ चैत्र २०८०, बुधबार ०८:१३

चैत २१,  काठमाडौँ । नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीच भइरहेको एकदिवसिय श्रृखंलाको पहिलो खेलको दोस्रो इनिङमा नेपाल ‘ए’को खराब प्रर्दशन देखिएको छ। अहिलेसम्म नेपालले ५ विकेट गुमाइसकेको छ।

सबै खेलाडी क्याच आउट भएका छन्। पछिल्लो विकेटका रुपमा अर्जुन साउद ४ बलमा ४ रन बनाएर क्याच आउट भए्। यसअघि आरिफ शेख ५ बल खेलेर शुन्य रनमा क्याच आउट भएका हुन।

नेपालका ओपनर ब्याट्सम्यान देव खनाल र अर्जुन कुर्मीसहित भिम सार्की आउट भए। खनाल २२ बलमा २६ रन बनाएर आउट भएका थिए भने कुर्मीले १४ बलमा ९ रन मात्र बनाउन सफल भए। यसैगरी भिम सार्की शून्यमा आउट भएका थिए।


नेपाल ‘ए’ले ९.२ ओभरमा ५ विकेट गुमाएर ५५ रन मात्र बनाएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ्ग गरेको आयरल्यान्ड वुल्भ्सले नेपाल ‘ए’लाई खेल जित्नका लागि १५८ रनको लक्ष्य दिएको छ।

पहिलो इनिङको ३९औँ ओभरमा नेपाल ए का कमलसिंह ऐरीको ह्याट्रिक विकेटले आयरल्यान्ड वुल्भ्स १५७ रनमै सिमित भएको हो। बुधवार कीर्तिपुर मैदानमा भएको खेलमा ३८.३ ओभरमै आयरल्यान्ड वुल्भ्सका सबै विकेट पतन भएको थियो।

नेपालका बलर कमलसिंह ऐरीले ‘ह्याट्रिक’ सहित ४ विकेट लिए। उनले ३९ औँ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा लगातार तीन विकेट लिएका हुन। ६.३ ओभर बलिङ गरेका ऐरीले एउटा ओभर मेडन फाल्दै २१ रन दिएका थिए।  

यसैगरी मौसम ढकाल र साहब आलमले दुई/दुई विकेट लिए भने रिजन ढकालले एक विकेट हात पारे।

केड कार्माइकलले वुल्भ्सका तर्फबाट सर्वाधिक रन बनाएका छन्। उनले ७७ बलमा चार चौकासहित ५१ रन बनाएका हुन। कप्तान रकले भने ३२ बलमा दुई चौका र तीन छक्कासहित ३९ रन बनाए। पेटर मुरले २१ रन बनाउँदा जेम्स म्याकोलम र स्टेफन डोहेनीले १२/१२ रन थपे।

निर्धारित तालिका अनुसार दोस्रो खेल शुक्रवार र अन्तिम खेल आइतबार हुनेछ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह